default_image

4 years ago

October 2, 2020

हैदराबाद टस जितेर ब्याटिङमा, चेन्नईमा तीन परिवर्तन

129 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सबिरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

दुबईमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टोलीमा तीन परिवर्तन गरेका छन् । आम्बाती रायुडू, ड्वेन ब्राभो र शार्दुल ठाकुरलाई मौका दिएको छ । जोश हेजलवुड, रुतुराज गायकवाड र मुरली विजयको स्थानमा यी तीन खेलाडीलाई मौका दिएको हो ।

रायुडूको आगमनले चेन्नईको ब्याटिङ बलियो बन्ने छ । पछिल्लो दुई खेल रायुडुले चोटका कारण गुमाएका थिए । ब्राभो भने जारी सिजनमा पहिलो खेल खेल्दै छन् । तीव्र गतिका बलर जोश हेजलवुको स्थानमा ब्राभोले मौका पाएका छन् । ठाकुर र रायुडूले टोलीमा मौका पाउँदा ओपनर मुरली विजय र मध्यक्रमका रुतुराज गायकवाडलाई बेन्चमा राखेको छ । हैदराबादले भने टोलीमा परिवर्तन गरेको छैन ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । राजस्थान रोयल्ससँग १६ रन र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको चेन्नई चौथो खेलमा भने जित निकाल्न चाहन्छ । चेन्नईले हालसम्म आइपिएल इतिहासमा सुरुवाती तीनमध्य दुई खेल हारेको थिएन ।

यता हैदराबाद सुरुवाती दुवै खेलमा पराजित हुन पुगेको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित हुँदा कोलकाता नाइट राइडर्ससँग ७ विकेटको हार बेहोरेको थियो । तर तेस्रो खेलमा दिल्लीलाई १५ रनले हराउँदै हैदराबादले पहिलो जित हात पारेको थियो ।आइपिएलमा चेन्नई र हैदराबादबीच कुल १२ खेल भएका छन् । जसमा चेन्नई ९ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।

हैदराबादको प्लेइङ ११ – डेभिड वार्नर (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), मनिष पान्डे, अब्दुल साम्सद, प्रियम गर्ग, अभिषेक शर्मा, केन विलियम्सन, राशिद खान, भुवनेश्वर कुमार, टि नटराजन र खलिल अहमद ।

चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, शेन वाटसन, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, केदार जाधव, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, पियुष चवला र ड्वेन ब्राभो ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.