default_image

4 years ago

October 2, 2020

हैदरावादलाई हराएर लय समात्ने चेन्नईको लक्ष्य

104 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि सुरु हुनेछ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दुवै टोली दोस्रो जितको सोचमा छन् । अंक तालिकामा चेन्नई पुछार र हैदराबाद सातौं स्थानमा छ । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । तर पछिल्ला दुवै खेलमा लगातार पराजित हुन पुग्यो ।

राजस्थान रोयल्ससँग १६ रन र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको चेन्नई चौथो खेलमा भने जित निकाल्न चाहन्छ । यता हैदराबाद सुरुवाती दुवै खेलमा पराजित हुन पुगेको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित हुँदा कोलकाता नाइट राइडर्ससँग ७ विकेटको हार बेहोरेको थियो । तर तेस्रो खेलमा दिल्लीलाई १५ रनले हराउँदै हैदराबादले पहिलो जित हात पारेको थियो ।

हैदराबाद सुरुवाती दुई खेल पराजित हुनुको कारण कमजोर मध्यक्रम ब्याटिङ थियो । तर तेस्रो खेलमा केन विलियम्सनको आगमन र युवा ब्याट्सम्यान अब्दुल सामदको डेब्युसँगै मध्यक्रम केहि बलियो देखिएको छ । दिल्लीलाई हराउन विलियम्सनले २६ बलमा ४१ रन जोडेका थिए । कप्तान वार्नर र जोनी बेयरस्टो हैदराबादका ब्याटिङका प्रमुख हतियार हुन् । यी दुबैले जिम्मेवारीका साथ उत्कृष्ट प्रर्दशन गर्नुपर्ने हुन्छ । ठूला सटका लागि परिचित युवा ब्याट्सम्यान अब्दुल ७ बलमा १२ रनमा अविजित रहेका थिए ।

आजको खेलमा प्रियम गर्गको स्थानमा हैदराबादले युवा ब्याट्सम्यान विराट सिंहलाई डेब्यु गराउन सक्छ । घरेलु क्रिकेटमा उच्च गर्दै आएका विराट ठूला सटका लागि परिचित छन् । दिल्लीलाई हराउन हैदराबादका बलरले पनि उच्च प्रर्दशन गरेका थिए । प्रमुख हतियार राशिद खानले ४ ओभरमा १४ रन खर्चेर प्रमुख ३ विकेट लिएका थिए ।

पछिल्लो समय संघर्ष गर्दै आएका राशिदले लयमा फर्किएको संकेत देखाएका छन् । जुन हैदराबादका लागि एक सकरात्मक पक्ष हो । डेथ ओभरमा उत्कृष्ट योर्करका साथ उच्च प्रर्दशन गरेका टि नटराजन चेन्नईलाई पनि घातक बन्न सक्छन् । भुवनेश्वर कुमारले पनि राम्रो प्रर्दशन गरेका थिए । खलिल अहमदको स्थानमा स्पिनर शाहबाज नदीमलाई मौका दिन सक्छ ।

यता चेन्नईको ब्याटिङ दिल्लीसँगको खेलमा कमजोर देखिएको थियो । शीर्षक्रमका ब्याट्सम्यान तथा ओपनर शेन वाटसन र मुरली विजय सुरुवाती खेलमा कमजोर प्रर्दशन गरेका छन् । यी दुवैलाई ठूलो इनिङ खेल्न आवश्यक छ । चोटका कारण दुई खेल गुमाएका आम्बाती रायुडू आजको खेलमा उपलब्ध भए ब्याटिङमा चेन्नईलाई ठूलो राहत पुग्नेछ ।

युवा अलराउन्डर साम करनले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । कप्तान महेन्द्र सिंह धोनीको प्रर्दशनले पनि चेन्नईलाई धेरै प्रभाव पार्ने छ । ड्वने ब्राभो र इमरान ताहिरको सम्भावना आजको खेलमा पनि कम छ । फाफ डु प्लेसिस र अम्बाती रायुडू चेन्नईको ब्याटिङ हतियार हुन् ।

आइपिएलमा चेन्नई र हैदराबादबीच कुल १२ खेल भएका छन् । जसमा चेन्नई ९ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । गतवर्ष दुबैले एक एक खेल जितेका थिए । पहिलो खेलमा चेन्नई ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा ६ विकेटलेनै विजयी भएको थियो ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.