default_image

4 years ago

October 1, 2020

पन्जाबलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

125 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्सले किंग्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

बिहिबार राती सम्पन्न आइपिएलको १३ औं खेलमा पन्जाबलाई पराजित गरेपछि दिल्ली क्यापिटल्सलाई नेट रनरेटले पछि पार्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन बनाउन सक्यो ।

जस्प्रित बुमराहले चौथो ओभरको पाँचौ बलमा ओपनर मयंक अग्रवाललाई २५ रनमा बोल्ड आउट गरे । अग्रवालले १८ बलमा ३ चौका प्रहार गरे । छैटौं ओभरको चौथो बलमा करुण नायरलाई क्रुनाल पान्ड्याले शून्यमा बोल्ड आउट गरे । स्पिनर राहुल चहरको नवौं ओभरको पहिलो बलमा कप्तान लोकेश राहुल (केएल) १७ रनमा बोल्ड आउट भएपछि पन्जाब दबाबमा परेको थियो । राहुलले १९ बलमा १ चौका प्रहार गरे ।

राम्रो ब्याटिङ गरि रहेका बायाँ हाते युवा ब्याट्सम्यान निकोलस पुरनलाई १४ औं ओभरको दोस्रो बलमा जेम्श प्याटिनसनले विकेटकिपर क्विन्टन डी ककबाट ४४ रनमा क्याच आउट गराए । पुरनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १५ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका ग्लेन म्याक्सवेल ११ रनमा ट्रेन्ट बोल्टबाट आउट भएपछि पन्जाब १०७–५ को कमजोर अवस्थामा पुगेको थियो । जेम्श निशम पनि ठूलो सट खेल्ने धुनमा ७ रनमा क्याच आउट भए । कृष्णा गौथम १३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

राहुल चहरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जेम्श प्याटिनसनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । टे«न्ट बोल्टले एक विकेट लिए ।

त्यसअघि शेख जायद आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ रन ९१ बनाएको थियो। काइरन पोलार्ड २० बलमा ३ चौका र ४ छक्का ४७ रनमा अविजित रहे । हार्दिक पान्ड्या ११ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । पाँचौ विकेटका लागि पान्ड्या र पोलार्डले मात्र ३.५ ओभरमा ६७ रनको उत्कृष्ट अविजित साझेदारी गरेका थिए ।

मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ७० रनको योगदान दिए । १७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका रोहितलाई ग्लेन म्याक्सवेलको उत्कृष्ट फिल्डिङको सहयोगमा जेम्स निशमले क्याच लिएका थिए । रोहितले ठूलो सट खेलेपनि लङ अनमा रहेका म्याक्सवेलले बललाई समाउँदै निसमको हातबाट क्याच गराउँदै बाउन्ड्री बाहिर गरेका थिए । रोहितले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

त्यसअघि शामीको दोस्रो ओभरको अन्तिम बलमा एम्पायरले रोहितलाई एलबिडब्लू आउट दिएका थिए । तर रोहितले रिभ्यु लिदै अम्पायरको निर्णयलाई गलत सावित गरेका थिए । योसँगै रोहितले आइपिएलमा ब्यक्तिगत पाँच हजार पनि रन पूरा गरेका छन् । विराट कोहली र सुरेश रैनापछि आइपिएलमा पाँच हजार रन पूरा गर्ने रोहित तेस्रो खेलाडी हुन् ।

ओपनर क्विन्टन डी ककलाई पहिलो ओभरको पाँचौ बलमा शेल्डन कटरेलले शून्यमा बोल्ड आउट गरेका थिए । चौथो ओभरको पाँचौ बलमा सूर्यकुमार यादव १० रनमा रन आउट भएका थिए । शामीले उत्कृष्ट डाइरेक्ट स्टम्प ताकेपछि यादव पेभलिएन फर्किनु परेको थियो । तेस्रो विकेटका लागि इशान किशन र रोहित शर्माले ६२ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए ।

किशनलाई १४ औं ओभरको पहिलो बलमा कृष्णाप्पा गौथमले करुण नायरबाट २८ रनमा क्याच आउट गराए । किशनले ३२ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

शेल्डन कटरेलले ४ ओभरमा एक मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । कृष्णाप्पा गौथमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।

पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुन पुगेको थियो । पाँचौ खेलमा पन्जाबले आइतबार चेन्नई सुपर किंग्ससँग दुबईमा खेल्ने छ ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ किकेटको पराजित भएको थियो थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । मुम्बई तेस्रो खेलमा बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । पाँचौ खेलमा मुम्बईले सनराइजर्स हैदराबादसँग शारजाहमा शनिवार खेल्ने छ ।

मुम्बई ४ खेलमा समान २ मा जित र हार सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । कोलकता नाइट राइडर्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर समान ३ खेलमा २ मा जित र १ मा हार सहित नेट रन रेटको आधारमा क्रमश : तेस्रो, चोथो र पाँचौ स्थानमा छन् ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.