4 years ago
October 1, 2020
एजेन्सी – कप्तान रोहित शर्माको अर्ध शतक, काइरन पोलार्ड र हार्दिक पान्ड्याको आक्रामक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ ।
शेख जायद आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ रन ९१ बनायो । अन्तिम ओभरमा स्पिनर कृष्णाप्पा गौथमले चार छक्का सहित कुल २५ रन खर्चेका थिए । पोलार्डले अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए ।
तल्लोक्रममा आक्रामक ब्याटिङ गरेका काइरन पोलार्ड २० बलमा ३ चौका र ४ छक्का ४७ रनमा अविजित रहे । हार्दिक पान्ड्या ११ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । पाँचौ विकेटका लागि पान्ड्या र पोलार्डले मात्र ३.५ ओभरमा ६७ रनको अविजित साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।
मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ७० रनको योगदान दिए । १७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका रोहितलाई ग्लेन म्याक्सवेलको उत्कृष्ट फिल्डिङको सहयोगमा जेम्स निशमले क्याच लिएका थिए । रोहितले ठूलो सट खेलेपनि लङ अनमा रहेका म्याक्सवेलले बललाई समाउँदै निसमको हातबाट क्याच गराउँदै बाउन्ड्री बाहिर गरेका थिए । रोहितले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।
त्यसअघि शामीको दोस्रो ओभरको अन्तिम बलमा एम्पायरले रोहितलाई एलबिडब्लू आउट दिएका थिए । तर रोहितले रिभ्यु लिदै अम्पायरको निर्णयलाई गलत सावित गरेका थिए । योसँगै रोहितले आइपिएलमा ब्यक्तिगत पाँच हजार पनि रन पूरा गरेका छन् । विराट कोहली र सुरेश रैनापछि आइपिएलमा पाँच हजार रन पूरा गर्ने रोहित तेस्रो खेलाडी हुन् ।
ओपनर क्विन्टन डी ककलाई पहिलो ओभरको पाँचौ बलमा शेल्डन कटरेलले शून्यमा बोल्ड आउट गरेका थिए । चौथो ओभरको पाँचौ बलमा सूर्यकुमार यादव १० रनमा रन आउट भएका थिए । शामीले उत्कृष्ट डाइरेक्ट स्टम्प ताक्दै यादव पेभलिएन फर्किनु परेको थियो । तेस्रो विकेटका लागि इशान किशन र रोहित शर्माले ६२ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए ।
किशनलाई १४ औं ओभरको पहिलो बलमा कृष्णाप्पा गौथमले करुण नायरबाट २८ रनमा क्याच आउट गराए । किशनले ३२ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
शेल्डन कटरेलले ४ ओभरमा एक मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । कृष्णाप्पा गौथमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]