4 years ago
October 1, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।
दुबै टोली दोस्रो जितको सोचमा हुने छन् । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुन पुगेको थियो ।
मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ किकेटको पराजित भएको थियो थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । मुम्बई बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । सुपर ओभरमा पराजित भएका यी दुबै टोली उक्त गल्तीबाट पाठ सिक्दै दोस्रो जित निकाल्ने सोचमा छन् ।
उत्कृष्ट लयमा रहेका पन्जाबका कप्तान तथा ओपनर लोकेश राहुल र मयंक अग्रवालले जारी आइपिएलमा शतक प्रहार गरि सकेका छन् । राहुलले बेंगलोरविरुद्ध १ सय ३२ रनको शतकीय इनिङ खेलेका थिए । अग्रवालले राजस्थानविरुद्ध १ सय ६ रन जोडेका थिए । राहुलले दिल्लीविरुद्ध २१ र राजस्थानसँग पनि राहुलले ६९ रनको योगदान दिएका थिए । मयंकले दिल्लीबिरुद्ध ८९ र बेंगलोरबिरुद्ध २६ रन जोडेका थिए ।
पन्जाबका यी दुई ओपनर मुम्बईलाई घातक बन्न सक्छन् । यी दुईको लय रोक्न सक्नुपर्ने चुनौती मुम्बईसामु छ । ग्लेन म्याक्सवेलले भने अपेक्षा अनुसार प्रर्दशन गर्न सकेका छैनन् । निकोलस पूरन, शरफराज खान र करुण नायरले मध्यक्रम सम्हाल्ने छन् । क्रिस गेल आजको खेलमा पनि बेन्चमा रहने सम्भावना छ ।
पन्जाबको डेथ ओभर बलिङ राजस्थानबिरुद्ध कमजोर रहेको थियो । राजस्थानलाई २ सय २४ रनको विशाल लक्ष्य दिएपनि तीन बल आगडिनै ४ विकेटले पराजित हुन पुगेको थियो । जसक्रममा ३ ओभरमा ५२ रन खर्चेका शेल्डन कटरेलको सम्भावना छ । पन्जाबले स्पिनर मुजिब उर रहमानलाई आजको खेलमा मौका दिन सक्छ ।
यता मुम्बई बेंगलोरबिरुद्ध सुपर ओभरमा पराजित भएको थियो । २ सय २ रनको विशाल लक्ष्यलाई बराबरी सम्म पुर्याउन युवा ब्याट्सम्यान गर्न इशान किशन र काइरान पोलार्डले उत्कृष्ट ब्याटिङ गरेका थिए । बेंगलोरबिरुद्ध ९९ रनमा आउट भएका किशन र ६० रनमा अविजित रहेका पोलार्ड पन्जाबलाई पनि घातक बन्न सक्छन् ।
कप्तान रोहित शर्मा र क्विन्टन डी ककलाई ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । हार्दिक पान्ड्याले पनि अपेक्षा अनुसार ब्याटिङ गर्न सकेका छैनन् । बेंगलोरबिरुद्ध ४ ओरभमा ५१ रन खर्चेका जेम्श प्याटिनसनको स्थानमा आज नाथन कुल्टर नाइल खेल्न सक्ने सम्भावना छ । आइपिएलमा यी दुई टोलीबीच कुल २४ खेल भएको छ । जसमा मुम्बई १३ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]