4 years ago
September 30, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशनल स्टेडियममा भएको टसमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । राजस्थान लगातार तेस्रो र कोलकाता नाइट राइडर्स दोसो जित निकाल्ने सोचमा छन् । दुबै टोलीले खेलाडीमा आज कुनै परिवर्तन गरेका छैनन् । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले हराएको थियो ।
कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो । आइपिएलमा यी दुई टोेलीबीच कुल २१ खेल भएको छ । जसमा दुबै टोलीले समान १० खेल जितेका छन् । एक खेल नतिजा बिहिन छ ।
गतवर्ष लिग चरणमा कोलकाता ८ विकेट र राजस्थान तीन विकेटले विजयी भएका थिए । सन् २०१८ मा कोलकाताले तीनै खेलमा राजस्थानलाई हराएको थियो ।
राजस्थानको प्लेइङ ११ – रोबिन उथप्पा, अंकित राजपूत, सन्जु स्यामसन, स्टिभ स्मिथ(कप्तान), जस बटलर(विकेटकिपर) , रियान पराग, राहुल टेवाटिया, टम करन, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनादकट ।
कोलकाता प्लेइङ ११ – सुनिल नारायण, सुवमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर तथा कप्तान), कमलेश नगरकोटी, प्याट कमिन्स, कुलदीप यादव, बरुण चकबर्ती र शिवम माभी ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]