4 years ago
September 29, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । हैदराबादका ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले ९.३ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । वार्नर स्पिनर अमित मिश्राको बलमा एज लाग्दै विकेटकिपर ऋषभ पन्तबाट ४५ रनमा क्याच आउट हुन पुगे । वार्नरले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
मिश्राको १२ औं ओभरको दोस्रो बलमा मनिष पान्डे ३ रनमा कागिसो रबाडाबाट क्याच आउट गराए । कागिसो रबाडाको १८ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा बेयरस्टो मिडअफमा एनरिच नोर्टजेबाट ५३ रनमा क्याच आउट भए । बेयरस्टोले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे । केन विलियम्सन २६ बलमा ५ चौका सहित ४१ रनमा क्याच आउट हुन पुगे ।
विलियम्सनलाई अन्तिम ओभरको चौथो बलमा कागिसो रबाडाले अक्षर पटेलबाट क्याच आउट गराए । डेब्यु खेल खेलि रहेका युवा ब्याट्सम्यान अब्दुल सामद ७ बलमा १ चौका र १ छक्का सहित रनमा १२ अविजित रहे । अभिषेक शर्मा १ रनमा अविजित रहे ।
स्पिनर अमित मिश्राले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]