4 years ago
September 29, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को सोमबार राती सम्पन्न दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग मुम्बई इन्डियन्स सुपर ओभरमा पराजित हुन पुग्यो ।
जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । एक समय हार नजिक पुगेको खेललाई बराबरीमा पुर्याउन २२ वर्षिय बायाँ हाते युवा ब्याट्सम्यान ईशान किशन मुम्बईका नायक बने ।
तेस्रो ओभरमै सूर्यकुमार यादव शून्यमा आउट भएपछि मैदान छिरेका किशनले अन्तिम सम्म उत्कृष्ट ब्याटिङ गर्दै मुम्बईलाई सुपर ओभरसम्म पुर्याएका थिए । चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्ससँगको खेलमा बेन्चमा बसेका किशनलाई मुम्बईले घाइते सौरभ तिवारीको स्थानमा मैदान उतारेको थियो ।
सुरुवाती दुई खेलमा राम्रो ब्याटिङ गरेका तिवारीलाई बेन्चमा राखेर किशनलाई खेलाउने कप्तान रोहितको निर्णयलाई प्रर्दशनबाटै साबित गर्दिए । अर्कोतर्फ उनलाई उच्च प्रर्दशन गर्नुपर्ने दबाब पनि त्यतिनै थियो ।
मुम्बई एक समय १२ ओभरसम्म ८३–४ को कमजोर अवस्थामा थियो । मुम्बईलाई जितको लागि अन्तिम ४८ बलमा १ सय १९ रन आवश्यक पर्दथियो । जुन समय किशन ३३ बलमा ४३ र काइरन पोलार्ड १ रनमा क्रिजमा थिए । १४ औं ओभरको अन्तिम बलमा एडम जाम्पालाई किशनले छक्का प्रहार गरेका थिए । जुन मुम्बईले अन्तिम २० बलपछि प्रहार गरेको पहिलो बाउन्ड्री थियो ।
युजभेन्द्र चहलको १५ औं ओभरको चौथो बलमा पनि किशनले छक्का प्रहार गरे । तर १६ ओभरमा नवदीप सैनीले १० रन मात्र खर्चेपछि मुम्बई १२२–४ को अवस्थामा रहेको थियो । जितको लागि अन्तिम २४ बलमा ८० रन आवश्यक थियो ।
१७ औं ओभर मुम्बईको लागि टनिङ प्वाइन्ट बन्न पुग्यो । पोलार्डले १७ औं ओभरमा जाम्पालाई तीन छक्का र एक चौका सहित कुल २७ रन खर्चेपछि मुम्बईको आशा बढेको थियो । १८ औं ओभरमा पोलार्डले दुई र किशनले एक गरि चहललाई तीन छक्का सहित २२ रन प्रहार गर्दै बेंगलोरमाथि दबाब बढाए । १९ औं ओभरमा सैनीले उत्कृष्ट प्रर्दशन गर्दै १२ रन खर्चेपछि मुम्बईलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो ।
अन्तिम ओभरको तेस्रो बलमा किशनले इसुरु उडानालाई लङअनमा छक्का प्रहार गर्दै सम्भावना कायमै राखे । लगत्तै अर्को बलमा पनि छक्का प्रहार गरेपछि मुम्बई जिततर्फ बढेको थियो । अन्तिम दुई बलमा जितको लागि ६ रन बनाउनु पर्ने थियो । जुन किसिमले दुबै ब्याट्सम्यानले ब्याटिङ गरि रहेका थिए त्यसले कठिन देखिदैन थियो पनि । अर्कोतर्फ किशन ९९ रनमा थिए ।
आइपिएल करिअरको पहिलो शतक पूरा गर्न एक रन मात्र टाढा थिए । तर किशनले आफ्नो शतकका लागि सोचेनन् । आफ्नो भन्दा पनि उनी टोलीलाई कसरी जिताउन सकिन्छ भन्ने सोचमा सुरुवात देखिनै ब्याटिङ गरिरहेका थिए । पाँचौ बलमा ठूलो सट खेलेका उनी डिप मिडविकेटमा देवदत्त पाडिक्कलबाट समातिन पुगेपछि एक रनले शतक बनाउन मात्रै चुकेनन् खेल थप रोमाञ्चक बनेको थियो ।
किशनले पोलार्डसँग पाँचौं विकेटका लागि १ सय १९ रनको उत्कृष्ट साझेदारी गर्दै खेल बराबरी गराउन सम्भव गराएका थिए । अन्तिम बलमा पोलार्डले चौका प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको थियो । तर सुपर ओभरमा मुम्बईले ७ रनमात्र बनाउन सकेपछि पराजित हुन पुग्यो ।
जारी सिजनको पहिलो खेलमै ५८ बलमा ९ छक्का र २ चौका सहित ९९ रनमा क्याच आउट भएका किशन ड्रेसिङ रुममा भावुक देखिन्थें । सुपर ओभरमा उनको छटपटा, पिडा, भावुक र निराश ड्रेसिङ रुममा देखिन्थ्यो । एकतर्फ उनी ९९ रनमा आउट भएका थिए भने अर्कोतर्फ सुपर ओभरमा मुम्बईका ब्याट्सम्यानले अपेक्षा अनुसार ब्याटिङ गर्न सकेनन् । किशनले खेल त जित्न सकेनन् तर सबैको मन भने जित्न सफल भए । यस हारबाट किशनले बढी पाठ सिक्दै आगमी दिनमा झनैं उत्कृष्ट प्रर्दशन गर्न सक्छन् ।
को हुन् ईशान किशन ?
२२ वर्षिय किशन भारतीय क्रिकेटका आगमी दिनका भविष्यका रुपमा हेरिदै आएका युवा विकेटकिपर ब्याट्सम्यान हुन् । किशनले ओपनिङ देखि तल्लोक्रमसम्म ब्याटिङको क्षमता राख्ने गर्दछन् । मुम्बईको टोलीमा विकेटकिपरका रुपमा क्विन्टन डी कक हुँदा उनी त्यो भूमिकामा भने छैनन् ।
सन् १९९८ मा बिहारको पटनामा जन्मिएका किशनले सन् २०१६ को यू१९ विश्वकपमा भारतीय टोलीको कप्तानी गरेका थिए । उक्त विश्वकप फाइनलमा भारत वेस्टइन्डिजसँग पराजित भएको थियो । उक्त विश्वकप भने उनको प्रर्दशन खराब रह्यो । ६ खेलमा ७३ रन मात्र बनाएका थिए ।
त्यसैको कारण उत्कृष्ट प्रर्दशन गरेका ऋषभ पन्त भारतीय छनोट समितिको पहिलो रोजाईमा परे । ठूला सटका लागि परिचित किशनलाई सन् २०१८ को आइपिएल अक्सनमा मुम्बई इन्डियन्सले ६ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । त्यसअघि सन् २०१७ मा गुजरात लायन्सबाट खेल्दै तल्लोक्रममा उत्कृष्ट प्रर्दशन गर्दै सबैलाई प्रभावित पारेका थिए ।
सन् २०१९ मा भने मुम्बईबाट ७ खेलमात्र खेल्ने मौका पाउँदा १ सय १ रन बनाएका थिए । सन् २०१८ मा कोलकाता नाइट राइडर्सविरुद्ध मात्र २१ बलमा ६२ रन जोडेका थिए । जसक्रममा कुलदीप यादवलाई लगातार चार छक्का एकै ओभरमा प्रहार गरेका थिए ।
झारखण्डबाट घरेलु क्रिकेट खेल्ने किशनले सन् २०१६ को रणजी ट्रफीमा दिल्लीविरुद्ध २ सय ७३ रनको इनिङ खेलेका थिए । जुन रणजी ट्रफीमा झारखण्डबाट कुनैपनि ब्याट्सम्यानले बनाएको एकै इनिङमा उत्कृष्ट प्रर्दशन हो । सन् २०१७÷१८ को रणजीमा झारखण्डबाट ६ खेलमा ४ सय ८४ का साथ सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए । सन् २०१८ मा भारतीय सी टोलीमा परेका थिए ।
२०१८ को मुश्ताक अली ट्रफीमा जम्मु कश्मिर र मणिपुरविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका थिए । भारतको ए, बी र सी टोलीबाट खेल्दै किशनले उच्च प्रर्दशन गर्दै आएका छन् । किशनले हालसम्म ४४ प्रथम श्रेणी, ७२ लिष्ट ए र ७७ टि२० आई खेलि सकेका छन् ।
किशन भारतीय टोलीमा डेब्युको पर्खाईमा छन् । महेन्द्रसिंह धोनीको सन्न्याससँगै भारतीय टोलीमा उनको लागि बाटो खुलेको छ । तर सन्जु स्यामसन र ऋषभ पन्तले उत्कृष्ट प्रर्दशन गरि रहँदा भने उनलाई पक्कै सहज हुने छैन । त्यसैले पनि भारतीय छनोट समितिको मन जित्न आइपिएलमा सर्वोत्कृष्ट प्रर्दशन गर्नुपर्ने दबाब र आवश्यक दुबै छ ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]