4 years ago
September 28, 2020
एजेन्सी – आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स, ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चको अर्धशतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई २ सय २ रनको विशाल लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १ रन बनायो । बेंगलोरलाई विशाल योगफलमा पुर्याउन एबी डी भिलियर्स २४ बलमा ४ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । शिवम दुबे १० बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे ।
दुबेले अन्तिम ओभरमा जेम्स प्याटिनसनलाई तीन छक्का प्रहार गर्दै दुई सय रनको आँकडा कटाएका थिए । बेंगलोरलाई ओपनर आरोन फिन्च र देवदत्त पाडिक्कलले ९ ओभर सम्म ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ट्रेन्ट बोल्टको नवौं ओभरको अन्तिम बलमा फिन्च काइरन पोलार्डबाट ५२ रनमा क्याच आउट भए । फिन्चले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
कप्तान विराट कोहली तेस्रो खेलमा पनि असफल भए । कोहलीलाई स्पिनर राहुल चहरले १३ औ ओभरको दोस्रो बलमा रोहित शर्माबाट ३ रनमा क्याच आउट गराए । १८ औं ओभरको पहिलो बलमा बोल्टले पोलार्डबाट क्याच गराउँदै पाडिक्कललाई ५४ रनमा पेभिलिएन फर्काए ।
पाडिक्कलले ४० बलमा ५ चौका र २ छक्का प्रहार गरे । ट्रेन्ट बोल्टले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । स्पिनर राहुल चहरले ४ ओभरमा ३१ रन खर्चेर एक विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ४२ रन खर्चेपनि विकेट लिन सकेनन् ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]