4 years ago
September 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय खेलाडीको केन्द्रिय सम्झौता २०२० लाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।
क्यानले राष्ट्रिय १८ पुरुष र १९ महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा राख्दै ‘ए’, ‘बी’ र ‘सी’ ग्रेड सार्वजनिक गरेको थियो । नेपाली क्रिकेट इतिहासमा क्यानले पहिलो पटक महिला टोलीलाई पारिश्रमिक दिने एक राम्रो कदमको थालनी गरेको हो । तर राम्रो सुरुवातको चर्चा हुनुको सट्टा झनै विवादमा पर्यो ।
केन्द्रिय खेलाडी सम्झौता ग्रेड र पारिश्रमिक निर्धारण गर्न क्यानले बनाएको समितिका संयोजक तथा कोषाअध्यक्ष रोशनकुमार सिंहले यस विवादलाई आगमी बोर्ड बैठक मार्फत मिलाउन प्रयास गर्ने बताएका छन् ।
‘ग्रेड निर्धारण र खेलाडी सम्झौतामा हामीबाट केहि कमजोरी र तल माथिको भएका होला । यो क्यानको आफ्नो घरभित्र परिवारको समस्या हो र घरको समस्या घरमै मिलाइनेछ । यो विषयमा विवाद गर्न आवश्यक छैन’, सिंहले हाम्रो खेलकुदसँग भने ।
क्यानको अबको बोर्ड बैठकबाट अहिले देखिएका विवादमा छलफल गर्दै मिलाउन प्रयास गरिने कोषाध्यक्ष सिंहले बताए । ‘ समर्थक र शुभचिन्तकले नेपाली क्रिकेटमाथि देखाइरहेको विश्वास र आशा कहिल्यै मर्न दिदैनौं,’ उनले थपे ।
क्यानले एक वर्षमा धेरै राम्रो काम गरेको दाबी गर्दै सिंहले तर, राम्रो कामको भन्दा नराम्रो काममात्र बढी चर्चा गरेको बताए । ‘क्यानका लागि सबै खेलाडी एकै हुन् । क्यानले कसैलाई पनि काखा र पाखा गरेको छैन, गर्दा पनि गर्दैन र गर्न पनि दिने छैन,’ सिंहले भने, ‘ क्रिकेट विकासकै लागि क्यानमा आएका हौं । क्रिकेट विकासबाहेक अन्य कुनै स्वार्थ छैन । हिड्ने क्रममा लड्न सकिन्छ । जुन विवाद अहिले आइरहेको छ त्यसमा आगामी बोर्ड बैठकमार्फत सुल्झाउन प्रयास गर्ने छौं ।’
खेलाडी वर्गीकरणका क्रममा सन् २०१९ मा नियमित खेल खेलेका स्पिनर ललित नारायण राजवंशीलाई सम्झौता सुचिमा नै नरहेपछि चर्को आलोचना भएको थियो । ग्रेड सार्वजनिक भएको केहि समयमै ललितलाई फोनमार्फत सिंहले गल्ति सुधार्ने बताइसकेका छन् ।
‘मैले ललितलाई फोन गरेर ग्रेडमा नाम आएन भन्दैमा नआत्तिनु भनेको थिएँ । भुलवबस उनको नाम छुट्न गएको हो । आफ्नो खेलमा ध्यान दिइराख्नु । यस विषयमा बृहत छलफल गर्दै बोर्ड बैठकमार्फत समधान गर्ने जानकारी दिएको थिए’, सिंहले भने ।
यता ललितले पनि ग्रेडमा आफ्नो नाम नपरेपछि कोषाध्यक्ष सिंहले सम्पर्क गरेको बताए । ‘सुरुमा नाम नसुन्दा म अचम्ममा परे । नियमित खेलिरहेको थिए। प्रर्दशन पनि भइरहेको थियो’, ललितले भने , ‘पछि कोषाध्यक्षले फोन गर्नुभएको थियो । हामी मिलाएर लैजान्छौं । जे भयो भयो अन्यथा नलिनु भन्नु भएको थियो’, ललितले भने ।
यो पनि :
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]