4 years ago
September 27, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा आज राजस्थान रोयल्स र किंग्स इलेभेन पञ्जाब खेल्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
राजस्थान र पन्जाब लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो । पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको पन्जाबले उत्कृष्ट पूनरागमन सहित रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनले हराएको गरेको थियो ।
पन्जाबले बेंगलोरबिरुद्ध र राजस्थानले चेन्नईविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै २ सय रनमाथिको योगफल कटाएका थिए । राजस्थानले चेन्नईविरुद्ध ७ विकेटको क्षतिमा २ सय १६ रनको विशाल योगफल बनाएको थियो । जसक्रममा ओपनर सन्जु स्यामसनले ७४ र कप्तान स्टिभ स्मिथले ६९ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
यी दुबै ब्याट्सम्यान राजस्थानका प्रमुख ब्याटिङ हतियार हुन् । राजस्थानको मध्यक्रम ब्याटिङ भने केहि कमजोर देखिएको थियो । पन्जाबबिरुद्ध राजस्थानका प्रमुख ब्याट्सम्यान जस बटलर उपलब्ध हुँदा थप मजबुत बन्ने छ । इंग्ल्यान्डका विकेटकिपर बटलर पछिल्लो समय उत्कृष्ट लयमा छन् । पन्जाबलाई बटलर घातक बन्न सक्छन् ।
ओपनिङ यशस्वी जैसवाल र बटलरले गर्ने छन् । पहिलो खेलमा ६ रनमा आउट भएका जैसवाल पन्जाबविरुद्ध भने ठूलो इनिङ खेल्न सक्छन् । बटलर टोलीमा उपलब्ध हुँदा डेभिड मिलर बेन्चमा बस्ने छन् । पहिलो खेलमा मिलर शून्यमा आउट भएका थिए । पहिलो खेलमा ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिएका अलराउन्डर टम करनको स्थानमा वेस्टइन्डिजका तीव्र गतिका बलर ओशान थोमसले मौका पाउन सक्छन् ।
यता बेंगलोरविरुद्ध १ सय ३२ रनको उत्कृष्ट इनिङ खेलेका कप्तान लोकेश राहुल पन्जाबका प्रमुख हतियार हुन् । पन्जाबले बेंगलोरबिरुद्ध तीन विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । सुरुवाती दुई खेलमा बेन्चमा बसेका वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले राजस्थानबिरुद्ध खेल्ने सम्भावना छ ।
मध्यक्रमका ब्याट्सम्यान निकोलस पूरन पहिलो खेलमा शून्यमा आउट हुँदा दोस्रो खेलमा १८ बलमा १७ रनमा आउट भएका थिए । पुरनलाई बेन्चमा राखेर गेललाई मौका दिने सम्भावना देखिन्छ । दुवै खेलमा खराब प्रर्दशन गरेका ग्लेन म्याक्सवेललाई उत्कृष्ट इनिङ खेल्न आवश्यक र दबाब छ ।
बेंगलोरबिरुद्ध समान तीन विकेट लिदै विशाल जित दिलाएका स्पिनर रबि बिश्रोई र मुरुगन आश्विनको जोडीलाई राजस्थानबिरुद्ध निरन्तरता दिने छ । शेल्डन कटरेल र मोहम्मद शामी दुबै तीव्र गतिका बलिङ हतियार हुन् ।
आइपिएलमा यी दुई टोलीबीच कुल १९ खेल भएको छ । जसमा राजस्थान १० खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको थियो ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]