default_image

4 years ago

September 26, 2020

कोलकातालाई मध्यम लक्ष्य

125 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई १ सय ४३ रनको लक्ष्य दिएको छ ।

आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४२ रन बनायो । हैदराबादका मनिष पान्डेले अर्ध शतकीय इनिङ खेल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

हैदराबादलाई ओपनर जोनी बेयरस्टो र डेभिड वार्नरले ४ ओभरमा २४ रनको साझेदारी गरेका थिए । चौथो ओभरको अन्तिम बलमा प्याट कमिन्सले बेयरस्टोलाई ५ रनमा बोल्ड आउट गरे । त्यसभन्दा अघिल्लो बलमा रिभ्यु लिदै बचेका बेयरस्टो कमिन्सको अफकटर बलमा बोल्ड आउट हुन पुगेका थिए ।

दशौं ओभरको पहिलो बलमा बरुण चक्रबर्तीले कप्तान तथा डेभिड वार्नरलाई ३६ रनमा कट एण्ड बोल्ड आउट गरे । वार्नरले ३० बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि वार्नर र मनिस पान्डेले ३५ रनको साझेदारी गरेका थिए । आन्द्रे रसेलको १८ औं ओभरको चौथो बलमा फुलटस बलमा मनिष पान्डे ५१ रनमा क्याच आउट भएका थिए । रसेललेनै सहज क्याच लिनुअघि पान्डेले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

अन्तिम ओभरको दोस्रो बलमा दई रन लिने क्रममा रिद्धिमान शाह ३१ बलमा १ चौका र १ छक्का सहित ३० रनमा रन आउट भए । मोहम्मद नाबी ८ बलमा २ चौका सहित ११ र अभिषेक शर्मा २ रनमा अविजित रहे ।

प्याट कमिन्सले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । बरुण चक्रबर्तीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । आन्द्रे रसेलले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिए ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.