default_image

4 years ago

September 26, 2020

पहिलो जितको खोजीमा कोलकाता र हैदराबाद

101 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि आबूधाबीमा सुरु हुनेछ ।

दुबै टोली जारी आइपिएलमा पहिलो जित निकाल्ने सोचमा छन् । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित भएको थियो । कोलकाताले मुम्बई इन्डिन्यसँग ४९ रनको हार बेहोरेको थियो ।

हैदराबाद बेंगलोरविरुद्ध एक समय जित नजिक पुगेर पनि पराजित हुन पुगेको थियो । १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबादले अन्तिम ८ विकेट ३२ रन जोड्न गुमाएपछि पराजित हुन पुगेको थियो । उक्त गल्तीबाट पाठ सिक्दै हैदराबाद कोलकाताविरुद्ध जित निकाल्ने सोचमा छ । अलराउन्डर मिचेल मार्श चोटका कारण आइपिएलबाटै बाहिरिएका छन् ।

उनको स्थानमा केन विलियम्सनलाई मौका दिने सम्भावना छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सनको आगमनले हैदराबादको मध्यक्रम ब्याटिङ बलियो बन्न सक्छ । हैदराबादले बेंगलोरविरुद्ध सात बलर प्रयोग गरेको थियो । जसक्रममा राशिद खान र भुवनेश्वर कुमार विकेट विहिन बनेका थिए ।

हैदराबादका प्रमुख बलर भुवनेश्वर कुमार र राशिद खान दुबैलाई उत्कृष्ट प्रर्दशन गर्नु पर्ने हुन्छ । जोनी बेयरस्टो ६४ र मनिष पान्डे ३४ रनमा आउट भएका थिए । राम्रो लयमा रहेका इंग्ल्यान्डका ओपनर समेत रहेका विकेटकिपर जोनी बेयरस्टो कोलकाताविरुद्ध पनि नायक बन्न सक्छन् ।

पहिलो खेलमा ६ रनमा आउट भएका कप्तान डेभिड वार्नरलाई ठूलो इनिङ खेल्न आवश्यक छ । ४ ओभरमा ३६ रन खर्चेका तीव्र गतिका बलर सन्दीप शर्माको स्थानमा खलिल अहमदलाई मौका दिन सक्छ । तल्लोक्रम ब्याटिङ समस्या हैदराबादलाई टाउको दुखाईको विषय बन्न सक्छ ।

पहिलो खेलमा कोलकाताले मुम्बईविरुद्ध ब्याटिङ र बलिङ दुबैमा कमजोर प्रर्दशन गरेको थियो । स्पिनर कुलदीप यादवले ४ ओभरमा ३९ रन खर्चेका थिए । प्याट कमिन्सले ३ ओभरमा ४९ रन खर्चेका थिए । कमिन्सको स्थानमा आज न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनलाई मौका दिन सक्छ । सुवमन गिल, ओईन मोर्गन, नितेश राणा र कप्तान दिनेश कात्र्तिकलाई ठूलो इनिङ खेल्न आवश्यक छ ।

आन्द्रे रसेललाई तल्लोक्रममा उत्कृष्ट अन्त्य गर्न केहि दबाब हुने छ । पहिलो खेलमा राम्रो प्रर्दशन गरेका युवा तीव्र गतिका बलर शिवम माभी हैदराबादविरुद्ध पनि नायक बन्न सक्छन् । स्पिन अलराउन्डर सुनिल नारायण हैदराबादलाई घातक बन्न सक्ने खेलाडी हुन् । आइपिएलमा यी दुई टोलीबीच कुल १७ खेल भएको छ । जसमा कोलकाताले १० खेलमा विजयी हुँदा ७ खेलमा हार पराजित भएको छ ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.