default_image

4 years ago

September 26, 2020

दिल्लीमा सन्दीपले मौका नपाउनुको तीन कारण

98 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्समा रहेका छन् । लगातार तेस्रो सिजन दिल्लीमा रहेका सन्दीप टोलीको पहिलो रोजाईमा पर्न भने असफल हुँदै आएका छन् ।

सन्दीपले पहिलो संस्करण सन् २०१८ मा तीन र दोस्रो सिजनमा ६ खेलमा मौका पाएका थिए । पहिलो सिजनमा दिल्लीले लिग चरणबाट बाहिरिएपछि मौका दिएको थियो । जारी सिजनमा दिल्लीले सुरुवाती दुई खेलमा सन्दीपलाई प्लेइङ ११ बाहिर राखेको छ । दिल्लीको टोलीमा सन्दीपलाई मौका बनाउन सहज पनि छैन ।

आइपिएल बाहेक अन्य विदेशी लिगमा सन्दीपले पहिलो रोजाईमा खेल्दै राम्रो गर्दै आएका छन् । यस सिजनको सिपिएलमा राम्रो प्रर्दशनका साथ यूएई पुगेका सन्दीपले सुरुवातमै मौका पाउने सम्भावना थियो । तर त्यसो हुन सकेन ।

आइपिएल २०२० मा सवैभन्दा बढी बलियो र सन्तुलित टोली पनि दिल्लीनै देखिन्छ । हालसम्म फाइनल सम्म पुग्न नसकेको दिल्ली यस पटक उपाधिको बलियो दाबेदार देखिन्छ । दिल्लीका खेलाडीबीच टोलीमा स्थान बनाउन उच्च प्रतिस्पर्धा छ । मौका पाएको हरेक खेलमा खेलाडी उत्कृष्ट प्रर्दशन गर्न प्रयास गर्ने छन् ।

दिल्लीले प्लेइङ ११ मा टोली सन्तुलनलाई विशेष ध्यान दिँदै आएको छ । सन्दीप दिल्लीको टोलीमा नपर्नुको प्रमुख तीन कारण यस प्रकार छन् ।

कमजोर भारतीय तीव्र गतिको बलिङ

दिल्लीमा भारतीय तीव्र गतिका उत्कृष्ट बलरको कमी छ । जसको कारण दिल्लीले दुई विदेशी तीव्र गतिका बलर नियमित खेलाउँदै आएको र खेलाउनु पर्ने देखिन्छ । दिल्लीले पहिलो खेलमा मोहित शर्मालाई खेलाएको थियो । मोहितले किंग्स इलेभेन पन्जाबविरुद्ध ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । उक्त खराब प्रर्दशनको कारण चेन्नई सुपर किंग्सविरुद्ध दिल्लीले आवेश खानलाई मोहितको स्थानमा मैदान दिएको थियो ।

आवेशले ४ ओभरमा ४२ रन खर्चिदै विकेट विहिन बनेका थिए । जुन दिल्लीबाट चेन्नईविरुद्ध ३० रन भन्दामाथि दिने एकमात्र खेलाडी थिए । ईशान्त शर्मा पन्जाबसँगको खेलको अघिल्लो दिन घाइते हुन पुगेका थिए । जसको कारण आगमी खेलमा शर्माले खेल्ने वा नखेल्ने अनिश्चित छ । ईशान उपलब्ध नभए दिल्लीले मोहित र आवेश मध्य एकलाई खेलाउनै पर्ने बाध्यता हुने छ ।

दिल्लीले सुरुवाती दुई खेलमा विदेशी तीव्र गतिका बलरको रुपमा कागिसो रबाडा र एनरिच नोर्टजेलाई खेलाएको थियो । चेन्नईविरुद्ध रबाडाले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए । पहिलो खेलमा पन्जाबलाई सुपर ओभरमा २ रनमा रोक्दै उत्कृष्ट प्रर्दशन गरेका रबाडा प्रमुख हतियार हुन् । दिल्लीसँग रबाडाको विकल्प छैन ।

दोस्रो विदेशी खेलाडीको रुपमा नोर्टजेलाई खेलाएको थियो । नोर्टजेले चेन्नईविरुद्ध ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिएका थिए । पहिलो खेलमा पन्जाबविरुद्ध ४ ओभरमा ३३ रन खर्चेका थिए । यी दुई जोडी दिल्लीलाई दिल्लीले पहिलो रोजाईमा नियमित खेलाउने सम्भावना देखिन्छ । नोर्टजेको प्रर्दशन कमजोर रहेमा ड्यानियल साम्स अर्को राम्रो विकल्प हुन् ।

यदि भारतीय तीव्र गतिका बलर उत्कृष्ट हुन्थे भने सन्दीपको सम्भावना रहन्थ्यो । दिल्लीले दुई भारतीय तीव्र गतिका बलर र रबाडालाई मैदान उतार्न सक्थ्यो । जसले गर्दा सन्दीपलाई चार विदेशी खेलाडीको कोटामा स्थान बनाउन सहज हुन सक्थ्यो ।

उत्कृष्ट भारतीय स्पिनर

दिल्लीसँग भारतीय स्पिन आक्रमण बलियो छ । यस सिजनमा पन्जाबका अफ स्पिनर रविचन्द्रन आश्निलाई टोलीमा अनुबन्ध गरेपछि सन्दीपको सम्भावना झनै कम बनेको हो । दिल्लीको स्पिन बलियो र राम्रो विकल्प छ । पहिलो खेलमा आश्विनलाई खेलाएको दिल्लीले दोस्रो खेलमा लेग स्पिनर अमित मिाश्रालाई खेलाएको थियो ।

पहिलो खेलमा एक ओभर मात्र बलिङ गरेका आश्विनले दुई रन खर्चेर २ विकेट लिएका थिए । तर चोटका कारण उनी दोस्रो खेलमा पूर्णरुपमा फिट हुन सकेनन् । त्यसैले लेग स्पिनर मिश्रालाई चेन्नईविरुद्ध मैदान उतारेको थियो । मिश्राले ४ आभरमा २३ रन खर्चेका थिए । भारतसँग एउटा स्पिनरले खराब प्रर्दशन गर्दा अर्को राम्रो विकल्प छ ।

दुवै अनुभवी र उत्कृष्ट हुँदा सन्दीपलाई कठिन बनेको हो । दिल्लीले प्रमुख दुई स्पिनर खेलाउने परेको खण्डमा पनि आश्विन र मिश्रालाई मैदान उतानेए सम्भावना देखिन्छ । गतवर्ष मिश्राले खराब प्रर्दशन गर्दा सन्दीपले मौका पाएका थिए । तर यसपटक मिश्रा नचल्दा आश्विन र आश्विन नचल्दा मिश्रा विकल्पको रुपमा छन् ।

तल्लोक्रम ब्याटिङ विदेशी खेलाडीमा निर्भर

गतवर्ष दिल्लीको मुख्य समस्या तल्लोक्रमको ब्याटिङ थियो । जसको कारण दिल्लीले तल्लोक्रम ब्याटिङ बलियो बनाउन शिम्रन हेटमायर र अलराउन्डर मार्कस स्टोइनिस जस्ता खेलाडी अक्सनमा अनुबन्ध गरेको थियो । वेस्टइन्डिजका युवा ब्याट्सम्यान हेटमायर दिल्लीका प्रमुख ब्याट्सम्यान हुन् । अलराउन्डर मार्कस स्टोइनिसले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्नुको साथै मध्य गतिमा बलिङ गर्ने गर्दछन् ।

पहिलो खेलमा स्टोइनिसले आक्रामक ५३ रन जोड्नुको साथै महत्वपूर्ण दुई विकेट लिएका थिए । सन्दीपलाई खेलाउन यी दुई मध्य एकलाई बेन्चमा राख्नुपर्ने हुन्छ । जसले गर्दा दिल्लीको टोलीमा सन्तुलन बिग्रिन जान्छ । तल्लोक्रम ब्याटिङ कमजोर बन्ने देखिन्छ । जसले गर्दा दिल्लीले यी दुई खेलाडीलाई पहिलो रोजाईमा खेलाएको छ र आगमी दिनमा पनि खेलाउने छ ।

हेटमायरले खराब प्रर्दशन गर्दा ब्याटिङ बलियो बनाउन विकेटकिपर एलेक्स केरीका साथ अघि बढ्ने देखिन्छ । स्टोइनिसले खराब प्रर्दशन गरे वेस्टइन्डिजका अलराउन्डर किमो पल विकल्पमा रहने छन् । दिल्लीमा शीर्षक्रममा जस्तै तल्लोक्रममा पनि उत्कृष्ट भारतीय ब्याट्सम्यान हुन्थे भने दिल्लीमा सन्दीपको सम्भावना बढ्ने थियो ।

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

January 15, 2025

कविताको अर्धशतकमा सुदूरपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]

Success

Thank you for your time.