4 years ago
September 25, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ७६ रनको बलियो लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो ।
दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले १०.४ ओभरमा ९४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी अनुभवी स्पिनर पियुष चवलाले ११ औं ओभरको चौथो बलमा धवनलाई एलबिडब्लू आउट गर्दै तोडेका थिए ।
धवनले २७ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा आउट भए । चवलाकै १३ औं ओभरको दोस्रो बलमा अघि सेर सट खेल्नेक्रममा मिसहुन पुगेपछि युवा ब्याट्सम्यान शालाई धोनीले ६४ रनमा स्टम्पिङ आउट गराएका थिए । शा ले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।
१९ औं ओभरको अन्तिम बलमा साम करनले धोनीबाट श्रेयस ऐरलाई २६ रनमा क्याच आउट गराए । ऐरले २२ बलमा १ चौका प्रहार गरे । विकेटकिपर ऋषभ पन्त २५ बलमा ६ चौका सहित ३७ अविजित रहे । तेस्रो विकेटका लागि ऐर र पन्तले ५८ रनको साझेदारी गरेका थिए । मार्कस स्टोइनिस ३ बलमा ५ रनमा अविजित रहे ।
सुरुवात राम्रो गरेपनि उत्कृष्ट अन्त्य गर्न नसक्दा दिल्ली विशाल योगफल बनाउन चुकेको हो । चेन्नईका पियुष चवलाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । युवा बलर साम करनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]