default_image

4 years ago

September 25, 2020

कोहलीलाई १९ लाख जरिवाना

163 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोली तथा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीलाई ठूलो रकमको जरिवाना लागेको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को छैटौं खेलमा विहीबार राती सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबविरुद्ध गल्ती गर्न पुगेपछि कोहलीलाई १२ लाख भारतीय रुपैयाँ (१९ लाख २० हजार नेपाली रुपैयाँ) जरिवाना लगेको छ । पञ्जाबविरुद्ध स्लो ओभर रेट अर्थात बलिङ इनिङ समाप्त गर्न निर्धारित समयभन्दा बढी समय लगाएपछि कोहली कारबाहीमा परेको इएसपीएनक्रिकइन्फोले जनाएको छ ।

बिहिबार राती सम्पन्न खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो । जितका लागि २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोर १७ ओभरमा १ सय ९ रनमा अल आउट भएको थियो । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो ।

पन्जाबका ओपनर तथा कप्तान लोकेश राहुलले १ सय ३२ रनको अविजित शतकीय इनिङ खेलेका थिए । उक्त क्रममा कोहलीले राहुललाई ८३ रन र ८९ रनमा क्याच छोड्दै दुई पटक जीवनदान समेत दिएका थिए । ब्याटिङमा पनि फ्लप कोहलीको प्रदर्शनलाई लिएर निकै आलोचना भएको थियो । बेंगलोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । तेस्रो खेलमा बेंगलोरले सोमबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.