4 years ago
September 25, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को सातौं खेलमा आज नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
दिल्ली लगातार दोस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । चेन्नई तेस्रो खेलमा दोस्रो जित दर्ता गर्ने रणनीतिमा हुने छ । युवा ब्याट्सम्यान श्रेयस ऐर कप्तान रहेको दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित हुन पुगेको थियो ।
दिल्लीलाई सुपर ओभरमा जिताउन अष्ट्रेलियन अलराउन्डर मार्कस स्टोइनिसले उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेका थिए । ब्याटिङमा २१ बलमा ५३ रन जोड्दै प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याएका थिए । बलिङमा महत्वपूर्ण दुई विकेट लिनुको साथै अन्तिम तीन बल लगातार डट राख्दै सुपर ओभर सम्भव गराएका थिए । पछिल्लो समय लगातार राम्रो प्रर्दशन गर्दै आएका स्टोइनिस चेन्नईविरुद्ध पनि नायक बन्न सक्छन् ।
पहिलो खेलमा दिल्लीका शीर्षक्रमका पृथ्वी शा ५, शिखर धवन शून्य र शिम्रन हेटमायर ७ रनमा आउट भएका थिए । चेन्नईविरुद्ध जित निकाल्न यी तीनै ब्याट्सम्यानले उच्च प्रर्दशन गर्नु पर्ने हुन्छ । त्यस्तै ऋषभ पन्तलाई पनि ठूलो इनिङ खेल्न आवश्यक छ । पहिलो खेलमा पन्त ३१ रनमा आउट भएका थिए ।
दिल्लीलाई चिन्ता आश्विन र ईशान्त शर्माको चोटको हो । पहिलो खेलमा आश्विन चोटका कारण १ ओभरमा दुई रन खर्चेर २ विकेट लिदै बाहिरिएका थिए । आश्विन खेल्ने सम्भावना कम छ । उनी उपलब्ध नभए लेगस्पिनर अमित मिश्राले लिने छन् । सुपर ओभरका हिरो कागिसो रबाडा दिल्लीका प्रमुख हतियार हुन् ।
चेन्नईका बलरले कमजोर प्रर्दशन गर्दा राजस्थान रोयल्सले ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो । स्पिनर पियुष चवलाले ४ ओभरमा ५५ रन खर्चेर १ विकेट लिएका थिए । तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिएका थिए । यी दुबै बलरलाई धोनीले आज बेन्चमा राख्न सक्छन् । एनगिडीको स्थानमा चेन्नईले तीव्र गतिका बलर जोश हेजलवुड वा अलराउन्डर ड्वेन ब्राभो मध्य एकलाई मौका दिने सम्भावना छ ।
राजस्थानसँगको खेलमा बाहिर रहेका ब्राभो र आम्बाती रायुडू दुबै दिल्लीविरुद्ध फिट भएको बुझिएको छ । दुबै खेलमा अर्ध शतक प्रहार गरेका फाफ डु प्लेसिस दिल्लीलाई घातक बन्न सक्छन् । दुबै खेलमा उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेका साम करन पनि दिल्लीलाई घातक बन्न सक्ने चेन्नईका हतियार हुन् । करनले गतवर्ष पन्जाबबाट दिल्लीविरुद्ध ह्याटिक लिएका थिए ।
आइपिएलमा चेन्नई र दिल्लीबीच कुल २० खेल भएका छन् । जसमा चेन्नई १४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । गतवर्ष दिल्ली चेन्नईसँग तीनै खेलमा पराजित भएको थियो । क्लालिफायरमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । लिग चरणको दुबै खेलमा चेन्नई विजयी भएको थियो ।
सन्दीपको सम्भावना कस्तो छ ?
आश्विन घाइते हुँदा सन्दीपको सम्भावना केहि बढेको थियो । तर दिल्लीका साहायक प्रशिक्षक मोहम्मद कैफले आश्विन उपलब्ध हुन नसके उनको स्थानमा अमित मिश्रा खेल्ने बताएका छन् । चार विदेशी खेलाडी कोटामा कागिसो रबाडा, मार्कस स्टोइनिस र शिम्रन हेटमायरको स्थान पक्का जस्तै छ । पहिलो खेलमा ४ ओभरमा ३३ रन खर्चेका दक्षिण अफ्रिका एनरिच नोर्टजेको विकल्प खोज्न सक्ने झिनो सम्भावना छ ।
नोर्टजेलाई नखेलाउँदा पनि सन्दीपको सम्भावना कम देखिन्छ । दिल्लीसँग बिग ब्यास लिग २०१९/२० मा सर्वाधिक विकेट लिने तीव्र गतिका ड्यानियल साम्स छन् । नोर्टजेको विकल्प साम्स रहने छन् । तर युवा स्टार नोर्टजेमाथि थप विश्वास देखाउने अनुमान गरिएको छ । भारतीय तीव्र गतिका बलर मोहित शर्माले पहिलो खेलमा ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका थिए ।
जसको कारण पनि दिल्लीले दुई विदेशी तीव्र गतिका बलर खेलाउनी उच्च सम्भावना छ । एक मात्रै विदेशी तीव्र गतिका बलर खेलाउदा दिल्लीको बलिङ युनिट कमजोर बन्न पुग्छ । जसले गर्दा दिल्लीमा सन्दीपको सम्भावना निकै कमजोर रहेको छ ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]