default_image

4 years ago

September 24, 2020

आइपिएलमा राहुलको कीर्तिमान

118 views

0 Bookmark

एजेन्सी – किंग्स इलेभेन पन्जाबका कप्तान तथा ओपनर लोकेश राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमान बनाएका छन् ।

बिहीबार राती दुबई इन्टरनेशनल क्रिकेट मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरबिरुद्ध उत्कृष्ट शतक प्रहार गर्ने क्रममा राहुलको नाममा कीर्तिमान बनेको हो । राहुल बेंगलोरविरुद्ध ६९ बलमा १४ चौका र ७ छक्का सहित १ सय ३२ रनमा अविजित रहे । योसँगै राहुल आइपिएल इतिहासमा कप्तानको रुपमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

राहुलले सनराइर्जस हैदराबादका कप्तान डेभिड वार्नरलाई पछि पारेका हुन् । यसअघि कप्तानको रुपमा वार्नरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध ५९ बलमा १ सय २६ रनको इनिङ खेलेका थिए । आइपिएल इतिहासमा राहुलको यो सर्वाधिक चौथो ठूलो व्यक्तिगत इनिङ हो ।

आइपिएलमा एकै इनिङमा सर्वाधिक रन जोड्ने कीर्तिमान क्रिस गेलको नाममा छ । गेलले सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट पूणे वारियर्सविरुद्ध ६६ बलमा १ सय ७५ रनको अविजित इनिङ खेलेका थिए । कोलकाता नाइट राइडर्सबाट ब्रेन्डम म्याकुलमले सन् २००८ मा बेंगलोरविरुद्ध ७३ बलमा १ सय ५८ रनको अविजित इनिङ खेलेका थिए । गेलले विराट कोहली र म्याकुलले सौरभ गांगुलीको कप्तानीमा उक्त इनिङ खेलेका थिए ।

सन् २०१५ मा बेंगलोरबाट एबी डि भिलियर्सले मुम्बई इन्डियन्सविरुद्ध १ सय ३३ रनको अविजित इनिङ खेलेका थिए । डी भिलियर्सले कोहलीको कप्तानीमा उक्त शतक प्रहार गरेका थिए । आइपिएल करिअरमा राहुलको यो दोस्रो शतक हो । राहुलले अघिल्लो वर्ष मुम्बईविरुद्ध शतक जोडेका थिए ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.