4 years ago
September 24, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को छैटौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुने छ ।
विराट कोहली कप्तान रहेको बेंगलोर लगातार दोस्रो जित निकाल्ने सोचमा छ । बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको थियो । लोकेश राहुल कप्तान रहेको पन्जाब पहिलो खेलमा सुपर ओभरमा दिल्लीसँग पराजित भएको थियो । बेंगलोरलाई पहिलो खेलमा जित दिलाउन स्पिनर युजभेन्द्र चहल, ओपनर देवदत्त पाडिक्कल र एबी डिभिलियर्सको भूमिका महत्वपूर्ण थियो ।
डेब्यु खेलमै ५६ रन बनाएका पाडिक्कल र अरोन फिन्चले पहिलो विकेटका लागि ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुबै खेलाडी दोस्रो खेलमा पनि नायक बन्न सक्छन् । आक्रामक ब्याट्सम्यान डी भिलियर्सले ३० बलमा ५१ रनको योगदान दिएका थिए ।
बेंगलोरका प्रमुख ब्याटिङ हतियार डी भिलियर्सलाई पहिलो खेलमा जस्तै प्रर्दशनमा निरन्तरता दिन आवश्यक छ । कोहलीले १३ बलमा १४ रन जोडेका थिए । युवा विकेटकिपर जोश फिलिपेलाईनै बेंगलोरले दोस्रो खेलमा निरन्तरता दिन सक्छ । उमेश यादवले पहिलो खेलमा ४ ओभरमा ४८ रन खर्चिदा कुनै विकेट लिन सकेका थिएनन् । यादवलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । ४ ओभरमा १८ रन खर्चेर प्रमुख तीन विकेट लिदै जित दिलाएका स्पिनर युजभेन्द्र चहल बेंगलोरको प्रमुख बलिङ हतियार हुन् । पञ्जाबलाई पनि चहल घातक बन्न सक्छन् ।
पन्जाब पहिलो खेलमा दिल्लीसँग जित नजिक पुगेर पराजित भएको थियो । अन्तिम तीन बलमा एक रन बनाउन नसक्दा सुपर ओभरमा पुग्दै पराजित भएको पन्जाबले बेंगलोरविरुद्ध उक्त गल्तीबाट पाठ सिक्दै जित निकाल्न चाहान्छ । दिल्लीविरुद्ध मोहम्मद शामीले ३ विकेट लिदा मयंक अग्रवालले ६० बलमा ८९ रनको योगदान दिएका थिए । करुण नायर १, निकोलस पूरन शून्य, ग्लेन म्याक्सवेल १ र शरफराज खान १२ रनमा आउट भएका थिए । मध्यक्रम र तल्लोक्रमका यी चारै ब्याट्सम्यानलाई उत्कृष्ट प्रर्दशन गर्नु पर्ने दबाब छ ।
पहिलो पटक कप्तानी गरेका राहुलले दिल्लीविरुद्ध राम्रो प्रभाव छाडेका थिए । दिल्लीबिरुद्ध ४ ओभरमा ५६ रन खर्चेका तीव्र गतिका बलर क्रिस जोर्डनको स्थानमा पन्जाबले स्पिनर मुजिब उर रहमानलाई मौका दिन सक्ने बढी सम्भावना छ । रहमानले सिपिएलमा उत्कृष्ट प्रर्दशन गरेर आएका छन् । आइपिएलमा पञ्जाब र बेंगलोरबीच कुल २४ खेल भएका छन् । जसमा पञ्जाबले १२ खेलमा जित्दा १२ खेलमा हारेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]