default_image

4 years ago

September 24, 2020

कोलकातामाथि मुम्बईको सहज जित

103 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा मुम्बई इन्डिन्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।

साविक विजेता मुम्बईको जारी आइपिएलमा दोस्रो खेलमा पहिलो जित हो । जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४६ रन मात्र बनाउन सक्यो । कोलकाता कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

टे«न्ट बोल्टको तेस्रो ओभरको चौथो बलमा सुवमन गिल काइरान पोलार्डबाट ७ रनमा क्याच आउट भए । पाँचौ ओभरको पाँचौ बलमा जेम्स प्याटिन्सनले सुनिल नारायणलाई विकेटकिपर क्विन्टन डी ककबाट एक हातको उत्कृष्ट क्याच गराउँदै ९ रनमा पेभिलिएन फर्काए । ११ औं ओभरको पहिलो बलमा स्पिनर राहुल चहरले कप्तान दीनेश कात्र्तिकलाई ३० रनमा एललबिडब्लू आउट गरे । दीनेशले २३ बलमा ५ चौका प्रहार गरे ।

१२ औं ओभरको चौथो बलमा पोलार्डले हार्दिक पान्ड्याबाट नितेश राणालाई २४ रनमा क्याच आउट गराउँदा कोलकाता १००–५ को अवस्थामा पुगेको थियो । १६ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले आन्द्रे रसेललाई ११ रनमा बोल्ड आउट गरेपछि कोलकाताको जित टाढिएका थियो । चौथो बलमा बुमराहले ओईन मोर्गनलाई डी ककबाट १६ रनमा क्याच आउट गराए । प्याट कमिन्सले १२ बलमा ४ छक्का र १ चौका सहित ३३ रन जोडेपनि जितको लागि पर्याप्त भएन ।

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडन सहित ३० रन खर्चेर २ विकेट लिए । जेम्श प्याटिसनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । राहुल चहरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । काइरन पोलार्डको नाममा एक विकेट रह्यो ।

त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । मुम्बईका कप्तान तथा ओपनर रोहित शर्माले सर्वाधिक ८० रनको योगदान दिए । रोहित युवा तीव्र गतिका बलर शिवम माभीको १८ औं ओभरको पाँचौ बलमा लो फुलटसबलाई ठूलो सट खेल्ने धुनमा लङअनमा प्याट कमिन्सको हातबाट क्याच आउट हुन पुगेपछि शतक सम्म पुग्न सकेनन् । रोहितले ५४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।

मुम्बईका ओपनर क्विन्टन डी ककलाई माभीले दोस्रो ओभरको दोस्रो बलमा निखिल नाइकबाट एक रनमा क्याच आउट गराए । दोस्रो विकेटका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ९० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । सूर्यकुमार ११ औं ओभरको पाँचौ बलमा ४७ रनमा रन आउट भए । उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि सौरभ तिवारी र रोहितले ४९ रनको साझेदारी गरेका थिए । स्पिनर सुनिल नारायणको १६ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा तिवारी प्याट कमिन्सबाट लङअफमा २१ रनमा समातिन पुगे । उनले १३ बलमा समान १ चौका र छक्का प्रहार गरे । हार्दिक पान्ड्या १३ बलमा २ चौका र १ छक्का सहित १८ रनमा हिट विकेटका रुपमा आउट भए । आन्द्रे रसेलको १९ औं ओभरको तेस्रो बलमा पान्ड्याको ब्याटले स्टम्प लागेपछि फेभिलिएन फर्किनु परेको थियो । काइरन पोलार्ड १३ र क्रुनाल पान्ड्या १ रनमा अविजित रहे ।

कोलकाता स्पिनर सुनिल नारायणले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ३ ओभरमा ४९ रन खर्चिदा विकेट लिन सकेनन् । शिवम माभीले ४ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर कुलदीप यादवले ४ ओभरमा ३९ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । आन्द्रे रसेलले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा मुम्बईले सोमबार बेंगलोरसँग खेल्ने छ । कोलकाताले दोस्रो खेलमा शनिबार सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

Success

Thank you for your time.