default_image

4 years ago

September 23, 2020

रोहित चम्कँदा कोलकातालाई विशाल लक्ष्य

112 views

0 Bookmark

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १ सय ९६ रनको विशाल लक्ष्य दिएको छ ।

आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनायो । मुम्बईका कप्तान तथा ओपनर रोहित शर्माले सर्वाधिक ८० रनको योगदान दिए । रोहित युवा तीव्र गतिका बलर शिवम माभीको १८ औं ओभरको पाँचौ बलमा लो फुलटसबलाई ठूलो सट खेल्ने धुनमा लङअनमा प्याट कमिन्सको हातबाट क्याच आउट हुन पुगेपछि शतक सम्म पुग्न सकेनन् । रोहितले ५४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।

मुम्बईका ओपनर क्विन्टन डी ककलाई माभीले दोस्रो ओभरको दोस्रो बलमा निखिल नाइकबाट एक रनमा क्याच आउट गराए । दोस्रो विकेटका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ९० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । सूर्यकुमार ११ औं ओभरको पाँचौ बलमा ४७ रनमा रन आउट भए । उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि सौरभ तिवारी र रोहितले ४९ रनको साझेदारी गरेका थिए । स्पिनर सुनिल नारायणको १६ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा तिवारी प्याट कमिन्सबाट लङअफमा २१ रनमा समातिन पुगे । उनले १३ बलमा समान १ चौका र छक्का प्रहार गरे । हार्दिक पान्ड्या १३ बलमा २ चौका र १ छक्का सहित १८ रनमा हिट विकेटका रुपमा आउट भए । आन्द्रे रसेलको १९ औं ओभरको तेस्रो बलमा पान्ड्याको ब्याटले स्टम्प लागेपछि फेभिलिएन फर्किनु परेको थियो । काइरन पोलार्ड १३ र क्रुनाल पान्ड्या १ रनमा अविजित रहे ।

कोलकाता स्पिनर सुनिल नारायणले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ३ ओभरमा ४९ रन खर्चिदा विकेट लिन सकेनन् । शिवम माभीले ४ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर कुलदीप यादवले ४ ओभरमा ३९ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । आन्द्रे रसेलले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

Success

Thank you for your time.