default_image

4 years ago

September 22, 2020

अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने क्यानको तयारी

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२० डिसेम्बरमा घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज गर्ने तयारी गरेको छ ।

क्यानले घरेलु मैदान टियूमा आगमी डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग समन्वय गर्दै तयारी अगाडि बढाउने निर्णय गरेको छ । मंगलबार चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले महिला र पुरुष खेलाडीको पारिश्रमिक बढाउने, ग्रेड सार्वजनिक देखि डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज गर्ने तयारी लगायतका विभिन्न निर्णय गरेको छ ।

क्यानले वार्षिक साधरण सभा असोज २८ मा गर्ने निर्णय गरेको छ । कोरोना महामारीको कारण भदौमा गर्ने तयारी गरेको साधरण सभा स्थगित भएको थियो । क्यानले १९ महिला खेलाडी र १८ जना पुरुष खेलाडीलाई केन्द्रिय खेलाडी सम्झौता सूचिमा राख्ने निर्णय गरेको छ । पुरुष खेलाडीको प्रति महिना ग्रेड ए मा रहेका खेलाडीले ५० हजार, बी ग्रेडमा रहेका खेलाडीले ४० हजार र सी ग्रेडका खेलाडीले ३० हजार दिने निर्णय गरेको छ । क्यानले १५ हजार प्रत्येक ग्रेडमा वृद्धि गरेको हो ।

सन् २०१९ मा भने आइसिसीसँग १० हजार थपेर पठाउन आग्रह गर्दै ग्रेड एमा रहेका खेलाडीलाई ४५, बी मा रहेकालाई ३५ र सी मा रहेका खेलाडीलाई २५ हजार प्रदान गरेको थियो । महिलातर्फ महिनाको ए ग्रेडका खेलाडीले १५ हजार, बी ग्रेडका खेलाडीले १२ हजार र सी ग्रेडका खेलाडीले १० हजार प्रदान गर्ने भएको छ । क्यानले पहिलो पटक महिलालाई पारिश्रमिक दिन थालेको हो ।

क्यानले आगमी मंसिरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग समन्वय गर्दै महिला र पुरुष राष्ट्रिय प्रतियोगिता (पिएमकप) संचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुरुष खेलाडीको अभ्यास संचालन गर्ने तयारी गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका संयोजकको पदमा पदम खडकालाई नियुक्त गरेको छ ।

अघिल्लो हप्ता झलारीमा मोटरसाइकल दुर्घटनामा परि ग्रान्डी अस्पतालमा उपचारत तीव्र गतिका बायाँ हाते बलर ललितसिंह भण्डारीको उपचारमा संघले परिवार, नेपाल प्रहरी क्लब, ट्रक ब्यवसायी लगायत सबैसँग समन्व गर्दै उपचारमा सहयोग गर्ने निर्णय गरेको छ ।

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

Success

Thank you for your time.