4 years ago
September 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२० को लागि केन्द्रीय खेलाडी सम्झौताका लागि पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीको नामावली सार्वजनिक गरेको छ ।
क्यानले पहिलो पटक महिला टोलीलाई केन्द्रिय खेलाडीको सम्झौतामा राखेको हो । क्यानले तीन ग्रेडमा खेलाडी वर्गीकरण गर्दै पुरुषतर्फ प्रत्येक ग्रेडमा पारिश्रमिकमा १५ हजारले वृद्धि गरेको छ । पुरुष खेलाडीको ए ग्रेडका खेलाडीले ५० हजार बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका खेलाडीले ३० हजार प्राप्त गर्ने छन् ।
यसै वर्षदेखि समावेश गरिएको महिलातर्फ ए ग्रेडमा रहेका खेलाडीले मासिक १५ बी ले १२ हजार र सी ग्रेडका खेलाडीले १० हजार प्राप्त गर्ने छन् । सम्झौता २०२० को सुरुवातबाटै लागु हुने भएको छ । सन् २०१९ मा ग्रेडमा रहेका स्पिनर ललित नारायण राजवंशी, ओपनर इशान पान्डे, प्रदीप ऐरी र विकेटकिपर राजु रिजाल सम्झौता सुचिबाट बाहिरिएका छन् ।
सन् २०१९ को ग्रेड अनुसार स्पिनर वसन्त रेग्मी ए ग्रेडमा उक्लिएका छन् । सोमपाल कामी बी ग्रेडमा झरेका छन् । यसअघि सोमपाल ए र वसन्त बी ग्रेडमा थिए । अभिनाश बोहरा र रोहित कुमार पौडेल ग्रेड बी बाट सी मा झरेका छन् ।
पुरुष टोलीको नयाँ ग्रेड
ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी ।
ग्रेड बी : सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ ।
सी ग्रेड : सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी ।
महिला ग्रेड :
ग्रेड ए : रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी
बी ग्रेड : ज्योती पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर
सी ग्रेड : कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]