default_image

4 years ago

September 22, 2020

चेन्नईले फिल्डिङ गर्दै, जैसवालको डेब्यु

92 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को चौथो खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

शारजाह क्रिकेट स्टेडियममा भएको टसमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । पुर्णरुपमा ठिक नहुदा मुम्बईविरुद्ध ७१ रन बनाएका आम्बाती रायुडूले टोलीमा छैनन्। उनको स्थानमा रुतुराज गायकवाडलाई मैदान उतारेको छ ।

राजस्थानले कप्तान स्टिभ स्मिथ सहित तिव्र गतिका बलर जोफ्रा आर्चर, अलराउण्डर टम करन र डेभिड मिलरलाई विदेशीखेलाडीको रुपमा खेलाएको छ । यू१९ विश्वकप र घरेलु क्रिकेटमा उच्च प्रर्दशन गर्दै आएका युवा स्टार यशस्वी जैसवाललाई डेब्यु गराको छ ।

चेन्नई लगातार दोस्रो जित निकाल्ने सोचमा छ । पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको चेन्नईको मनोबल उच्च छ । स्टिभ स्मिथ कप्तान रहेको राजस्थान पनि सुखद सुरुवात गर्न चाहन्छ ।

आइपिएलमा यी दुई टोलीबीच कुल २२ खेल भएका छन् । जसमा चेन्नई १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । गत वर्षको लिग चरणको दुबै खेलमा चेन्नई विजयी भएको थियो ।

चेन्नई प्लेइङ ११ : मुरली विजय, शेन वाटसन, फाफ डु प्लेसिस, रुतुराज गायकवाड, केदार जाधव, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, पियुष चवला र लुन्गी एनगिडी

राजस्थानको प्लेइङ ११ : रोबिन उथप्पा, यशस्वी जैसवाल, सन्जु स्यामसन, स्टिभ स्मिथ, डेभिड मिलर, रियान पराग, राहुल तेवतिया, टम करन, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनादकट

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

Success

Thank you for your time.