4 years ago
September 21, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा सनराइजर्स हैदराबादले टस जितेर रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला फिल्डिङ गने निर्णय लिएको छ ।
दुबईमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले विदेशी खेलाडीको रुपमा स्पिनर राशिद खान, जोनी बेयरस्टो र मिचेल मार्शलाई मैदान उतारेको छ ।
विराट कोहली कप्तान रहेको बेंगलोरले चार विदेशी खेलाडीको कोटामा एबी डिभिलियर्स, युवा ब्याट्सम्यान तथा विकेटकिपर जोश फिलिपे, आरोन फिन्च र डेल स्टेनलाई मैदान उतारेको छ । भारतीय घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका युवा ब्याट्सम्यान देवदत्त पाडिक्कललाई पनि मैदान उतारेको छ ।
हैदराबादको प्लेइङ ११ : डेभिड वार्नर (कप्तान), जोनी बेयरस्टो, मनिष पान्डे, विजय शंकर, प्रियम गर्ग, अभिषेक शर्मा, मिचेल मार्श, राशिद खान, भुवनेश्वर कुमार, टि नटराजन र सन्दीप शर्मा ।
बेंगलोरको प्लेइङ ११ : आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, जोश फिलिपे (विकेटकिपर), शिवम दुबे, वासिन्टन सुन्दर, उमेश यादव, नवदीप सैनी, डेल स्टेन र युजभेन्द्र चहल ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]