default_image

4 years ago

September 21, 2020

आश्विनको चोटसँगै बढ्यो सन्दीपको सम्भावना

108 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट आगमी खेलमा प्लेइङ ११ मा मौका पाउने सम्भावना बढेको छ ।

दिल्लीले आइतबार राती सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । दिल्लीले पञ्जाबसँग खेल्नु अघिल्लो दिन अभ्यासको क्रममा तीव्र गतिका बलर ईशान्त शर्मा घाइते भएका थिए । पञ्जाबसँगको खेलमा स्पिनर रविचन्द्रन आश्विन पनि घाइते भएपछि सन्दीपको सम्भावना बढेको हो ।

आश्विनले छैटौं ओभरमा दिल्लीलाई दुई ठूला सफलता दिलाएका थिए । पहिलो बलमै करुण नायरलाई १ रनका क्याच आउट गराएका आश्विनले पाँचौ बलमा निकोलस पूरनलाई शून्यमा बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर अन्तिम बलमा म्याक्सवेलले प्रहार गरेको बल डाइभ हान्दै रोक्ने क्रममा उनको बायाँ हातको काँधमा चोट लागेको थियो ।

त्यसपछि आश्विन मैदानबाट बाहिरिएका थिए । खेलका दौरान आश्विनले आर्म स्लिङ (काँधलाई आड दिने काम्रो) लगाएका देखिएका थिए । खेलपछि भने उनी स्लिङबिना नै हिडेको देखिएको थियो । दिल्लीका कप्तान श्रेयस ऐरले फिजियोसँगको कुराकानीपछि मात्रै आश्विन अर्को खेलमा उपलब्ध हुन सक्ने वा नसक्ने पुष्टि हुने बताएका छन् ।

आश्विन अर्को खेलमा उपलब्ध नभए सन्दीपले मौका पाउने बलियो सम्भावना छ । दिल्लीले पहिलो खेलमा चार विदेशी खेलाडीमा कागिसो रबाडा, एनरिच नोर्टजे, मार्कस स्टोइनिस र शिम्रन हेटमायरलाई मैदान उतारेको थियो । एनरिच नोर्टजे ४ ओभरमा ३३ रन खर्चिदा कुनै विकेट लिएका थिएनन् । आश्विन टोलीमा उपलब्ध नभए पहिलो खेलमा नोर्टजेको स्थानमा सन्दीपले मौका पाउने सम्भावना उच्च छ ।

इशान्त शर्मा चोटबाट फर्कनु र स्टोइनिसले राम्रो बलिङ गर्नुले पनि सन्दीपको सम्भावना बढेको छ । दिल्लीले शुक्रबार चेन्नई सुपर किंग्सविरुद्ध दुबईमा प्रतिस्पर्धा गर्ने छ । दिल्लीले बलिङ बलियो बनाउन सन्दीपलाई खेलाउने देखिन्छ । इशान्त घाइते भएपछि भारतले मोहित शर्मालाई मौका दिएको थियो । मोहितले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका थिए ।

दिल्लीले दुई प्रमुख स्पिनरमा सन्दीप र अमित मिश्रा दुबैलाई मैदान उतार्न सक्छ । पञ्जाब र दिल्लीसँगको खेलमा दुबै टोलीका स्पिनरले उच्च प्रर्दशन गरेका थिए । आश्विनले १ ओभरमा २ रन खर्चेर २ विकेट लिएका थिए । अक्षर पटेलले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिएका थिए । पञ्जाब स्पिनर रबि बिश्रोईले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिएका थिए । पहिलो खेलमा सन्दीप र मिश्रा दुबै बेन्चमा बसेका थिए ।

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

Success

Thank you for your time.