default_image

4 years ago

September 20, 2020

सुपर ओभरमा दिल्लीको जित!

116 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङमा आएका थिए । राहुलले पहिलो बलमा २ रन जोडेपनि दोस्रो बलमा भने क्याचआउट हुन पुगे । त्यसपछि अर्को बलमा नै रबाडाले पुरणलाई बोल्ड गर्दै दिल्लीलाई बलियो स्थितिमा पुर्याए ।

जवाफमा दिल्लीले ऋषभ पन्त र श्रेयस ऐरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखेपनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बलमा २ रन जोड्दै दिल्लीलाई विजयी सुरुवात दिलाए ।

त्यसअघि जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । पञ्जाबलाई अन्तिम ६ बलमा १३ रन आवश्यक परेको थियो । मंयक अग्रवालले मार्कस स्टोइनिसलाई पहिलो बलमै छक्का प्रहार गर्दै सहज जितको आशा देखाए । दोस्रो बलमा दुई र तेस्रो बलमा चौका प्रहार गरेपछि नतिजा पञ्जाबको पक्षमा जाने देखिएको थियो ।

अन्तिम तीन बलमा पञ्जाबलाई एक रन मात्र चाहिएको थियो । तर स्टोइनिसले चौथो बल डट गराउँदा पाँचौ बलमा अग्रवाललाई शिम्रन हेटमायरबाट क्याच आउट गराए । स्टोइनिसको अन्तिम फुलटस बलमा क्रिस जोर्डन कागिसो रबाडाबाट क्याच आउट भएपछि खेल बराबरी हुँदै सुपर ओभरमा पुगेको थियो ।

ओपनर मंयक अग्रवालले उत्कृष्ट ब्याटिङ गर्दै ६० बलमा ७ चौका र ४ छक्का सहित ८९ रनमा क्याच आउट भए । १९ औं ओभरको पाँचौ बलमा श्रेयस ऐरले मंयक अग्रावालको क्याच बाउन्ड्री नजिकै छोडेका थिए ।

पाँचौ ओभरको तेस्रो बलमा मोहित शर्माले ओपनर तथा कप्तान लोकेश राहुललाई १९ बलमा २ चौका र १ छक्का सहित २१ रनमा बोल्ड आउट गरे । छैटौं ओभरको पहिलो बलमा रविचन्द्रन आश्विनले करुण नायरलाई १ रनमा पृथ्वी शाबाट क्याच आउट गराए । पाँचौं बलमा आश्विनले निकोलस पुरनलाई शून्यमा बोल्ड आउट गर्दै ३४–३ को अवस्थामा पुर्याए ।

सातौं ओभरको तेस्रो बलमा कागिसो रबाडाको बलमा ग्लेन म्याक्सवेल कप्तान श्रेयस ऐरबाट एक रनमा आउट भएपछि पञ्जाब संकटमा परेको थियो । दशौं ओभरको अन्तिम बलमा शरफराज खान १२ बलमा २ चौका सहित १२ रनमा क्याच आउट भए ।

१६ औं ओभरको तेस्रो बलमा कृष्णाप्पा गौथमलाई कागिसो रबाडाले विकेटपिकर ऋषभ पन्तबाट २० रनमा क्याच आउट गराए । उनले १४ बलमा १ चौका र छक्का प्रहार गरे ।

रविचन्द्रन आश्विनले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र मोहित शर्माले एक एक विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै मार्कस स्टोइनिसले २१ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रनको योगदान दिए । १९ ओभरमा १२७–७ को अवस्थामा रहेको दिल्लीलाई स्टोइनिसले विश्फोटक ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए ।

क्रिस जोर्डनले अन्तिम ओभरमा ३० रन खर्चेका थिए । स्टोइनिसले अन्तिम ओभरमा क्रिस जोर्डनलाई पहिलो बलमा छक्का, दोस्रो, तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरे । पाँचौ बलमा छक्का प्रहार गर्दै स्टोइनिसले २० बलमा अर्ध शतक पूरा गरेका थिए ।

दिल्लीको सुरुवात खराब रह्यो । दोस्रो ओभरको चौथो बलमा पृथ्वी शासँग तालमेल नमिल्दा शिखर धवन शून्यमा रन आउट हुन पुगे । मोहम्मद शामीको चौथो ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शा क्रिस जोर्डनबाट ५ रनमा क्याच भए । शामीले यसै ओभरको अन्तिम बलमा हेटमायरलाई मंयक अग्रवालबाट ७ रनमा क्याच गराउँदै दिल्लीलाई १३–३ को कमजोर अवस्थामा पुर्याए ।

चौथो विकेटका लागि कप्तान श्रेयस ऐर र ऋषभ पन्तले ७३ रनको साझेदारी गर्दै संकटमा रहेको दिल्लीको इनिङ सम्हालेका थिए । तर १४ औं ओभरको अन्तिम बलमा डेब्यु खेल खेलेका युवा स्पिनर रबि बिश्रोईले ऋषभ पन्तलाई ३१ रनमा बोल्ड आउट गरे । पन्तले २९ बलमा ४ चौका प्रहार गरे ।

लगत्तै १५ औं ओभरको पहिलो बलमा मोहम्मद शामीले जोर्डनबाट ऐरलाई ३९ रनमा क्याच आउट गराउदै पञ्जाबलाई खेलमा हाबी गराए । ऐरले ३२ बलमा ३ छक्का प्रहार गरे । १७ औं ओभरको पहिलो बलमा शेल्डन कटरेलले अक्षर पटेललाई ६ रनमा कप्तान राहुलबाट क्याच गराउदै ९६–६ को कमजोर अवस्थामा पुर्याए ।

पञ्जाबका मोहम्मद शामीले उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रबि बिश्रोईले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । शेल्डन कटरेलले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । पञ्जाबले दोस्रो खेल सेप्टेम्बर २४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । दिल्लीले सेप्टेम्बर २५ मा चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

Success

Thank you for your time.