default_image

4 years ago

September 20, 2020

स्टोइनिसले जोगाए दिल्लीको ब्याटिङ

152 views

0 Bookmark

एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनायो । तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै मार्कस स्टोइनिस २१ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए । १९ ओभरमा १२७–७ को अवस्थामा रहेको दिल्लीलाई स्टोइनिसले विश्फोटक ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए । क्रिस जोर्डनले अन्तिम ओभरमा ३० रन खर्चेका थिए ।

स्टोइनिसले अन्तिम ओभरमा क्रिस जोर्डनलाई पहिलो बलमा छक्का, दोस्रो, तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरे । पाँचौ बलमा छक्का प्रहार गर्दै स्टोइनिसले २० बलमा अर्ध शतक पूरा गरेका थिए ।

दिल्लीको सुरुवात खराब प्रर्दशन गर्याे । दोस्रो ओभरको चौथो बलमा पृथ्वी शासँग तालमेल नमिल्दा शिखर धवन शून्यमा रन आउट हुन पुगे । मोहम्मद शामीको चौथो ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शा क्रिस जोर्डनबाट ५ रनमा क्याच भए । शामीले यसै ओभरको अन्तिम बलमा हेटमायरलाई मंयक अग्रवालबाट ७ रनमा क्याच गराउँदै दिल्लीलाई १३–३ को कमजोर अवस्थामा पुर्याए ।

चौथो विकेटका लागि कप्तान श्रेयस ऐर र ऋषभ पन्तले ७३ रनको साझेदारी गर्दै संकटमा रहेको दिल्लीको इनिङ सम्हालेका थिए । तर १४ औं ओभरको अन्तिम बलमा डेब्यु खेल खेलेका युवा स्पिनर रबि बिश्रोईले ऋषभ पन्तलाई ३१ रनमा बोल्ड आउट गरे । पन्तले २९ बलमा ४ चौका प्रहार गरे ।

लगत्तै १५ औं ओभरको पहिलो बलमा मोहम्मद शामीले जोर्डनबाट ऐरलाई ३९ रनमा क्याच आउट गराउदै पञ्जाबलाई खेलमा हाबी गराए । ऐरले ३२ बलमा ३ छक्का प्रहार गरे । १७ औं ओभरको पहिलो बलमा शेल्डन कटरेलले अक्षर पटेललाई ६ रनमा कप्तान राहुलबाट क्याच गराउदै ९६–६ को कमजोर अवस्थामा पुर्याए । रविचन्द्रन आश्विन ४ रनमा क्याच आउट भए ।

पञ्जाबका मोहम्मद शामीले उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रबि बिश्रोईले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । शेल्डन कटरेलले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । जोर्डनले ४ ओभरमा ५६ रन खर्चे ।

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

Success

Thank you for your time.