4 years ago
September 20, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि दुबईमा सुरु हुनेछ ।
दुवै टोली आइपिएलमा विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । दिल्ली युवा ब्याट्सम्यान श्रेयस ऐर र पञ्जाब लोकेश राहुलको कप्तानीमा मैदान प्रवेश गर्ने छन् । यी दुबै खेलाडी भारतीय टोलीबाट पछिल्लो समय निरन्तर राम्रो प्रर्दशन गर्दै आएका छन् । राहुलले पहिलो पटक आइपिएलमा कप्तानी गर्दै छन् ।
दिल्लीको ओपनिङ शिखर धवन र पृथ्वी शा ले गर्ने छन् । मध्यक्रममा श्रेयस ऐर, विकेटकिपर ऋषभ पन्त र शिम्रन हेटमायर रहने छन् । तल्लोक्रममा दिल्लीले मार्कस स्टोइनिस र एलेक्स केरी मध्य एकलाई मौका दिने छ । स्पिनरमा सन्दीप लामिछाने, अमित मिश्रा र रविचन्द्रन आश्विन मध्य दुईले मौका पाउने छन् । तीव्र गतिको बलरमा कागिसो रबाडाको स्थान पक्का छ । ईशान्त शर्मा, मोहित शर्मा, एनरिच नोर्टजे र ड्यानियल साम मध्य एकले मौका पाउने छन् । रबाडा, पन्त र धवन प्रमुख हतियार हुन् ।
पञ्जाबको ओपनिङ लोकेश राहुल र मंयक अग्रवालले गर्ने सम्भावना छ । पहिलो खेलमा पञ्जाबले आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बेन्चमा राख्ने सम्भावना छ । गेललाई खेलाउदा पञ्जाबको बलिङ कमजोर बन्न पुग्छ । मध्यक्रममा निकोलस पूरन, शरफराज खान र मन्दीप सिंहको सम्भावना छ । तल्लोक्रममा ग्लेन म्याक्सवेलले सम्हाल्ने छन् ।
तीव्र गतिको बलरमा मोहम्मद शामीको जोडीमा शेल्डन कटरेल र क्रिस जोर्डन मध्य एकलाई खेलाउने सम्भावना देखिन्छ । स्पिनरमा दुई युवा स्टार मुजिब उर रहमान र रबि बिश्रोईलाई खेलाउने सम्भावना छ । राहुल, म्याक्सवेल र शामी प्रमुख हतियार हुन् ।
दिल्लीमा आक्रामक ब्याट्सम्यान ऋषभ पन्त हुँदा पञ्जाबमा ग्लेन म्याक्सवेल छन् । दिल्लीमा युवा स्पिनरमा सन्दीप हुँदा उता मुजिब र रबि बिश्रोई छन् । दिल्लीमा मध्यक्रममा हेटमायर हुँदा पञ्जाबमा पूरन छन् । त्यसैले रोमाञ्चक प्रर्दशनको आशा गरिएको छ । सिपिएलमा जमैका तलाबाजबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका मुजिब र सन्दीप एक अर्काविरुद्ध खेल्ने छन् ।
सन्दीपको सम्भावना ?
सिपिएल खेलेर सोमबार राती यूएई पुगेका सन्दीपको तीनै कोरोना परिक्षण नेगेटिभ आएको छ । सन्दीप पञ्जाबविरुद्ध छनोटका लागि उपलब्ध हुने छन् । दिल्लीले कागिसो रबाडाको साथ भारतीय ईशान्त शर्मा र मोहित शर्मा मध्य एकलाई मौका दिए सन्दीपलाई सहज हुने छ । तर दुवै तीव्र गतिका विदेशी बलर खेलाएमा भने सम्भावना कम देखिन्छ । दुवै विदेशी तीव्र गतिका बलर खेलाउँदा स्पिनरमा दुवै भारतीय खेलाउने सम्भावना छ । रबाडा र हेटमायरको स्थान दिल्लीमा पक्कापक्किनै जस्तै छ ।
मार्कस स्टोइनिस र अक्षर पटेललाई अलराउन्डरको रुपमा टोलीमा पर्ने सम्भावना देखिन्छ । पछिल्लो समय अमित मिश्राको लय त्यति राम्रो छैन । सिपिएलमा उत्कृष्ट प्रर्दशन गरेका सन्दीपलाई दिल्लीले पहिलो रोजाईमा उतार्न सक्छ । दिल्ली प्रमुख पाँच ब्याट्सम्यान, दुई अलराउन्डर र चार बलरका साथ मैदान उत्रने सम्भावना देखिन्छ । दुबईको पिच स्पिनर सहयोगी हुँदा दिल्ली दुई स्पिनरका साथ मैदान उत्रने छ । जसमा रविचन्द्रन आश्विन र सन्दीपको सम्भावना दखिन्छ ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]