default_image

4 years ago

September 19, 2020

आइपिएल उद्घाटनमा चेन्नई र मुम्बई भिड्दै

140 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण उद्धघाटन खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

आइपिएलका दुई महारथीबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । मुम्बई गत वर्षको विजेता र चेन्नई उपविजेता हुन् । आइपिएल इतिहासका सर्वाधिक सफल यी दुई टोलीबीचको भिड्न्त रोमाञ्चक हुने आशा गरिएको छ । चेन्नई महेन्द्रसिंह धोनी र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छन् ।

मुम्बईले गतवर्ष चेन्नईलाई फाइनलमा एक रनले पराजित गर्दै चौथो पटक आइपिएल उपाधि जितेको थियो । चेन्नईले तीन पटक उपाधि जितेको छ । चेन्नई पाँच पटक फाइनलमा पराजित भएको छ । तीन पटक फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि जितेको छ ।

चेन्नईले सन् २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो । मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । मुम्बईले रोहित र चेन्नईले धोनीको कप्तानीमा सबै उपाधि जितेका हुन् । आइपिएलका दुई सर्वोत्कृष्ट कप्तान रोहित र धोनीको प्रर्दशन दुबैलाई निकै महत्वपूर्ण हुने छ । चेन्नईको ब्याटिङ र मुम्बईको स्पिन बलिङ कमजोर देखिन्छ । आबुधाबीको ‘स्लो’ पिचमा चेन्नईका स्पिनर हाबी हुन सक्छन् । चेन्नईको बलियो हतियार पनि स्पिनरहरुनै हुन् ।

मुम्बईको ओपनिङ रोहित शर्मा र क्विन्टन डी ककले गर्ने सम्भावना छ । तेस्रो नम्बरमा सूर्यकुमार यादव र चौथो नम्बरमा इशान किशनलाई खेलाउने सम्भावना छ । पाँचौ नम्बरमा काइरन पोलार्ड र छैटौंमा हार्दिक पान्ड्याले ब्याटिङ गर्ने सम्भावना छ । जसले गर्दा मुम्बईको ब्याटिङ लाइनअप बलियो देखिन्छ । तल्लोक्रममा क्रुनाल पान्ड्या पनि राम्रो ब्याटिङको क्षमता राख्छन् ।

मुम्बईले तीव्र गतिका बलरमा जस्प्रित बुमराहको जोडीमा ट्रेन्ट बोल्टलाई खेलाउने सम्भावना छ । स्पिनर राहुल चहरलाई खेलाउने छ । अलाउन्डर नाथन कुल्टर नाइललाई पनि प्लेइङ ११ मा समेट्ने सम्भावना छ । मुम्बईका रोहित, हार्दिक र पान्ड्या प्रमुख हतियार हुन् ।

यता चेन्नईको ओपनिङ शेन वाटसन र आम्बाती रायुडूले गर्ने छन् । तेस्रो नम्बरमा फाफ डु प्लेसिसले गर्ने छन् । यस पटक धोनीले चौथो नम्बरमा ब्याटिङ गर्ने उच्च सम्भावना छ । चौथो नम्बरका ब्याट्सम्यान सुरेश रैना पारिवारिक कारण आइपिएल खेल्ने छैनन् । त्यसैले सुरुवाती समय लिदै अन्त्यमा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् ।

पाँचौ नम्बरमा केदार जाधव र छैटौंमा ड्वने ब्राभोले गर्ने छन् । ‘स्लो’ पिचको कारण अलराउन्डरलाई छोडेर चेन्नई दुई प्रमुख स्पिनरका साथ मैदान प्रवेश गर्ने सम्भावना छ । दुई स्पिनरमा इमरान ताहिर र पियुष चवला रहने छन् । रविन्द्र जडेजा अलराउन्डरको रुपमा रहने छन् । दिपक चहर र शार्दुल ठाकुर तीव्र गतिका बलरमा खेल्ने छन् ।

तल्लोक्रममा ब्राभो र जडेजाको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । धोनीको प्रर्दशन र कप्तानी चेन्नईका लागि निकै महत्वपूर्ण हुने छ । धोनी एक वर्षभन्दा बढी समय देखि क्रिकेट नखेलेको हुँदा उनको लय कस्तो छ भन्न सकिदैन ।

आइपिएलमा चेन्नई र मुम्बईबीच कुल ३० खेल भएका छन् । जसमा चेन्नई १२ खेलमा विजयी हुँदा १८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा मुम्बई चेन्नईसँग पराजित भएको छैन । चेन्नई मुम्बईसँग पछिल्ला पाँच खेलमा क्रमश : एक रन, ६ विकेट, ४६ रन, ३७ रन र ८ विकेटले पराजित भएको छ ।

चेन्नईको पूर्णटोली :

रविश्रीनिवास साई किशोर, नारायण जगदेशन, रुतिराज गायकवाड, केएम आसिफ, रविन्द्र जडेजा, मुरली विजय, महेन्द्रसिंह धोनी (कप्तान तथा विकेटकिपर), जोश हेजलवुड, केदार जाधव, करण शर्मा, पियुष चवला, आम्बाती रायुडू, इमरान ताहिर, दिपक चहर, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, मिचेल सान्टनार, ड्वने ब्राभो, लुन्गी एनगिडी, साम करन, मनु कुमार र शेन वाटसन ।

मुम्बईको पूर्ण टोली :

राहुल चहर, अनुकुल रोय, मोहसिन खान, दिगविजय, देशमुख, प्रिन्स बलान्त राई सिंह, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, ट्रेन्ट बोल्ट, धवन कुलकर्णी, मिचेल म्याकलेनघान, क्रिस लिन, आदित्य तारा, रोहित शर्मा (कप्तान), सौरभ तिवारी, क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, कु्रनाल पान्ड्या, जेम्स प्याटिन्सन, हार्दिक पान्ड्या, जस्प्रित बुमराह, ईशान किशन, अनोमलप्रित सिंह, र शेर्फान रदरफोर्ड ।

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

Success

Thank you for your time.