default_image

4 years ago

September 19, 2020

दिल्ली उपाधिको प्रमुख दाबेदार

122 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को उपाधिको प्रमुख दाबेदार टोली हो ।

दिल्ली आइपिएलको फाइनलमा हालसम्म पुगेको छैन । दिल्ली पहिलो पटक फाइनलमा पुग्दै उपाधि जित्न चाहान्छ । दिल्लीको टोली हेर्दा त्यसको बलियो सम्भावना देखिन्छ । दिल्लीसँग भारतीय र विश्वस्तरिय विदेशी खेलाडीको सम्मिश्रण छ । टोली मजबुत हुनुको साथै सन्तुलित छ । अक्सनमा वेस्टइन्डिजका शिम्रन हेटमायर, अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी र मार्कस स्टोइनिस अनुबन्ध गर्दै बलियो टोली निर्माण गरेको थियो ।

अष्ट्रेलियाका तीव्र गतिका बलर ड्याानियल साम र दक्षिण अफ्रिका एनरिच नोर्टजेलाई टोलीमा भित्र्याएपछि टोली थप मजबुत बनेको छ । पछिल्लो समय दिल्ली युवा खेलाडीमा बढि केन्द्रित रहँदै आएको छ । युवा खेलाडीले नतिजा पनि राम्रो निकाल्दै आएका छन् । श्रेयस ऐरको कप्तानीमा रहेको दिल्लीले आइतबार किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै आइपिएलको सुरुवात गर्ने छ ।

दिल्लीको इतिहास

दिल्ली आइपिएलको फाइनल सम्म नपुग्ने यस सिजनको एक मात्र टोली हो । दिल्ली सन् २००८ को पहिलो संस्करणमा सेमिफाइनलमा राजस्थान रोयल्ससँग १ सय ५ रनको फराकिलो हार बेहोर्दै बाहिरिएको थियो । सन् २००९ मा पनि सेमिफाइनलबाटै बाहिरिएको थियो । सेमिफाइनलमा दिल्ली डेस्कन चार्जर्ससँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । सन् २०१० मा पाँचौ र २०११ मा दशौं स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१२ मा दिल्ली प्ले अफमा पुगेको थियो ।

दिल्ली पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग १८ रनले पराजित भएको थियो । दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ८६ रनले पराजित भएको थियो । २०१३ मा नवौं, २०१४ मा आठौं र २०१५ मा सातौं स्थानमा रहेर बाहिरिएको थियो । २०१६ र २०१७ मा समाना छैटौं तथा २०१८ मा आठौं स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१९ मा दिल्ली प्ले अफमा पुगको थियो । एलिमिनेटरमा सनराइजर्स हैदराबादलाई २ विकेटले हराएको दिल्लीले क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटको हार बेहोर्दै बाहिरिएको थियो ।

उत्कृष्ट ब्याटिङ लाइनअप

दिल्लीको बलियो पक्ष ब्याटिङ हो । दिल्लीको ब्याटिङमा गहिराई हुनुको साथ राम्रो विकल्प छ । दिल्लीमा चर्चित ब्याट्सम्यानहरुको बाहुल्यता छ । एक ब्याट्सम्यान सस्तैमा आउट हुँदा अर्कोले उत्कृष्ट इनिङ खेल्दै विशाल योगफल सम्म पुर्याउन सक्छन् । दिल्लीको ओपनिङ पृथ्वी शा र शिखर धवनले गर्ने छन् । वैकल्पिक ओपनरमा अजिंक्या रहाणे र मार्कस स्टोइनिस छन् ।

दिल्लीले ब्याटिङ थप मजबुत गराउन रहाणेलाई मध्यक्रममा मौका दिन सक्छ । तेस्रो नम्बरमा कप्तान श्रेयस ऐर र चौथोमा वेस्टइन्डिजका शिम्रन हेटमायरलाई खेलाउने प्रबल सम्भावना छ । हेटमायरले यसै साता सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा उत्कृष्ट प्रर्दशनका साथ यूएई पुगेका छन् । मध्यक्रम बलियो बनाउन दिल्लीले हेटमायरलाई ७ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चेको थियो ।

शीर्ष र मध्यक्रमका ब्याट्सम्यानले राम्रो सुरुवात दिलाएको खण्डमा तल्लोक्रममा ऋषभ पन्तले उत्कृष्ट ब्याटिङ गर्दै विशाल योगफल सम्म पुर्याउन सक्छन् । पन्त आक्रामक सट खेल्न रुचाउँछन् । तल्लोक्रममा उनलाई फिनिसरको भूमिका दिने सम्भावना छ । अक्षर पटेल वा मार्कस स्टोइनिस मध्य एकले गर्ने छन् । दुबैले राम्रो ब्याटिङ गर्दछन् । कागिसो रबाडा र रविचन्द्रन आश्विनले पनि तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । दिल्लीको ब्याटिङ लाइनअप मजबुत र गहिराई छ । जसले दिल्लीलाई उपाधि जित्न सजिलो हुन सक्छ ।

सन्तुलित बलिङ आक्रमण

दिल्लीमा तीव्र गतिका बलरमा दक्षिण अफ्रिका कागिसो रबाडा प्रमुख हतियार हुन् । विश्व क्रिकेटमा चर्चित युवा स्टार रबाडा तीव्र गतिसँगै योर्करका लागि सिपालु छन् । रबाडाले गतवर्ष आइपिएलमा १२ खेलमा २५ विकेट लिदै दोस्रो स्थानमा थिए । रबाडालाई दक्षिण अफ्रिकाकै एनरिच नोर्टजेले साथ दिने सम्भावना छ । नोर्टजेले १५० भन्दा माथिको तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । नोर्टजे र अष्ट्रेलिया ड्यानियल साम मध्य एकले रबाडाको जोडीको खेल्ने छन् ।

rabada

ईशान्त शर्मा, तुषार देशपान्डे, मोहित शर्मा, आवेश खान, किमो पल तीव्र गतिका बलर हुन् । स्पिनरमा अफ स्पिनर रविचन्द्रन आविश्वनको स्थान पक्का छ । लेग स्पिनरमा सन्दीप लामिछाने र अमित मिश्रा मध्य एकलाई खेलाउने छ । स्पिन र तीव्र दुबै गतिको बलिङ बलियो हुँदा दिल्लीले विपक्ष्य टोलीलाई सट्तैमा समेट्न सक्छ ।

पहिलो रोजाईका सम्भावित ४ विदेशी खेलाडी

रबाडा र हेटमायर पहिलो रोजाईमा नियमित खेल्ने निश्चित जस्तै छ । दिल्लीले मिश्रा र आश्विनलाई स्पिनरको रुपमा खेलाए मार्कस स्टोइनिसलाई मौका दिने छ । स्टोइनिसले मध्यगतिमा बलिङ गर्नुको साथै ओपनिङ देखि तल्लोक्रमसम्म ब्याटिङ गर्ने गर्दछन् । दिल्लीमा भारतीय तीव्र गतिका उत्कृष्ट बलर नहुँदा एनरिच नोर्टजे र ड्यानियल साम मध्य एकलाई खेलाउने सम्भावना देखिन्छ । सन्दीपलाई खेलाउदा स्टोइनिस बेन्चमा बस्ने छन् ।

नायक बन्न सक्ने दुई विदेशी खेलाडी :

शिम्रन हेटमायर : वेस्टइन्डिजका खेलाडी विश्वमै आक्रामक ब्याटिङका लागि परिचित छन् । वेस्टइन्डिजले टि२० क्रिकेटमा भिन्न पहिचान बनाएको छ । हेटमायर पनि आक्रामक ब्याटिङका साथ ठूलो इनिङ खेल्ने गर्दछन् । युवा स्टार हेटमायरले यसै साता सम्पन्न सिपिएलमा गुयाना एमेजन वारियर्सबाट २ सय ६७ रनका साथ चोथो सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए । दिल्लीको मूल्यलाई हेटमायर सहि सावित गर्न चाहान्छन् । हेटमायरले आफ्नो लयलाई निरन्तरता दिँदै फाइनल सम्मको यात्रा सहज बनाउन सक्छन् ।

कागिसो रबाडा : रबाडा दिल्लीका प्रमुख हतियार हुन् । दिल्लीको उपाधि जित्ने सपना पूरा गर्न रबाडाले उत्कृष्ट प्रर्दशन गनु पर्ने हुन्छ । गत सिजनमा उत्कृष्ट प्रर्दशन गरेका रबाडाबाट यस सिजनमा पनि त्यस्तै प्रर्दशनको आशा गरिएको छ ।

सन्दीप बन्न सक्छन् युवा हिरो

सन्दीप सिपिएलमा जमैका तलाबाजबाट १२ विकेट लिदै बलियो मनोबलका साथ यूएई पुगेका छन् । यूएईको पिच स्पिनर उपयोगी मानिन्छ । अकोतर्फ सन्दीपलाई यूएईको पिचबारे राम्रोसँग थाहाँ छ । राम्रो लयमा हुनुको साथै पिचको बारे जानकारी पनि हुँदा त्यसको फाइदा उठाउँदै उत्कृष्ट प्रर्दशन गर्न सक्छन् ।

खेल तालिका

दिल्लीले आइपिएलमा पहिलो खेल सेप्टेम्बर २० मा किंग्स इलेभेन पञ्जाबसँग खेल्ने छ । पञ्जाबसँग दोस्रो अक्टोर २० मा खेल्ने छ । सेप्टेम्बर २५ र अक्टोबर १७ मा चेन्नई सुपरंिकंग्ससँग खेल्ने छ । सेप्टेम्बर २९ र अक्टोर २७ मा सनराइजर्स हैदराबादसँग खेल्ने छ । अक्टोबर ३ र २४ मा कोलकातासँग खेल्ने छ । अक्टोबर ५ र नोभेम्बर २ मा बेंगलोरसँग खेल्ने छ । अक्टोबर ९ र १४ मा राजस्थासँग प्रतिस्पर्धा गर्ने छ । अक्टोबर ११ र ३१ मा मुम्बईसँग खेल्ने कार्यक्रम छ ।

दिल्लीको सम्भावित पहिलो रोजाईको प्लेइङ ११ : पृथ्वी शा, शिखर धवन, श्रेयस ऐर, ऋषभ पन्त, शिम्रन हेटमायर, मार्कस स्टोइनिस/सन्दीप लामिछाने, कागिसो रबाडा, अक्षर पटेल, अमित मिश्रा, रविचन्द्रन आश्विन, एनरिच नोर्टजे/ड्यानियल साम्स

दिल्लीको पूर्ण टोली : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर, ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, एलेक्स केरी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कस स्टोइनिस, ड्यानियल साम र एनरिच नोर्टजे

अफिसल टोली : प्रमुख प्रशिक्षक : रिकी पोन्टिङ (अष्ट्रेलिया), सहायक प्रशिक्षक : मोहम्मद कैफ (भारत), स्पिन बलिङ प्रशिक्षक : स्यामसुल बद्री (वेस्टइन्डिज), तीव्र बलिङ प्रशिक्षक : रायन ह्यारिस (अष्ट्रेलिया)

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

Success

Thank you for your time.