4 years ago
September 19, 2020
एजेन्सी – विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण आजदेखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ ।
आज उद्धघाटन खेलमा आइपिएलमा दुई सर्वाधिक सफल फ्रेन्चाइज टोली मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने छ । कोरोना महामारीको कारण आइपिएल भारत बाहिर यूएईमा हुन लागेको हो । यस अघि सन् २००९ मा दक्षिण अफ्रिकामा पूरै संस्करण र २०१४ मा यूएईमा आइपिएलका सुरुवाती २० खेल भएका थिए ।
आइपिएलका खेल शारजाह, आबूधाबी र दुबई गरि तीन स्थानमा हुने छन् । तीन स्टेडियममा लिग चरणका ५६ र प्ले अफ र फाइनल गरि चार गरि कुल ६० खेल हुने छन् । आइपिएलमा खेलको क्रममा कुनैपनि खेलाडीमा कोरोना संक्रमण देखिएमा टोलीमा रहेका जुनसुकै खेलाडी परिवर्तन गर्न पाइने छ । आइपिएल पहिलो पटक दर्शक विनाको रंगशालामा हुँदैछ । जसले गर्दा मैदानमा समर्थकको साथ र समर्थन नरहने हुँदा खेलाडीको प्रर्दशनमा केहि असर पर्न सक्छ ।
किंग्स इलेभेन पञ्जाब, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोर पहिलो उपाधि जित्न चाहान्छन् । चेन्नई सुपर किंग्स चौथो, मुम्बई इन्डियन्स पाँचौ, कोलकाता नाइट राइडर्स तेस्रो, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद समान दोस्रो उपाधि जित्न चाहान्छ । यस पटक होम र अवे मैदानको फाइदा टोलीले उठाउने छैनन् । तीन स्टेडियममा हरेक टोलीले एक अर्कासँग दुई दुई खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले अफमा पुग्ने छन् । पुछारका चार टोली लिग चरणबाटैं बाहिरिने छन् ।
आइपिएलको लिग चरणको खेल नोभेम्बर ३ सम्म चल्ने छन् । प्ले अफ र फाइनलको स्थान भने केहि समयपछि निर्धारण हुने छ । सम्पूर्ण आइपिएल खेलहरु नेपाली समय अनुसार बेलुका ७: ४५ र दिउँसो ३ः४५ देखि सुरु हुने छ । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यालनले गर्ने छ । हैदराबादले डेभिड वार्नरलाई कप्तानको जिम्मेवारीमा पुनः निरन्तरता दिएको छ ।
किंग्स इलेभेन पञ्जाबले ओपनर तथा विकेटकिपर लोकेश राहुललाई पहिलो पटक कप्तान गराउँदै छ । विराट कोहलीलाई उपाधि जित्नु पर्ने दबाब छ । दिल्लीले आइतबार पञ्जाबसँग खेल्दै सुरुवात गर्ने छ । सोमबार हैदराबादले बेंगलोरसँग खेल्दै सुरुवात गर्ने छ । मंगलबार राजस्थानले चेन्नईसँग खेल्दै सुरुवात गर्नेछ । बुधबार कोलकाताले मुम्बईसँग खेल्दै सुरुवात गर्ने छ । यस पटक हरेक बलमा थर्ड अम्पायरले नो बल छ वा छैन हेर्नेछन् ।
यता नेपाली लेग स्पिनर सन्दीप लामिछाने लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट खेल्ने छन् । यसै साता सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलाबाजबाट खेल्दै राम्रो प्रर्दशनका साथ सोमबार यूएई पुगेका छन् । आइपिएलको नियम अनुसार ६ दिनमा तीन पटक कोरोना परिक्षण गराउनुपर्छ । रिपोर्ट नेगेटिभ आएमा मात्र आइपिएल खेल्न पाउने छन् । त्यसैले सन्दीप पहिलो खेल खेल्न पाउने वा नपाउने अनिश्चत छ ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]