default_image

4 years ago

September 18, 2020

हैदराबादलाई दोस्रो उपाधि जित्ने अवसर

49 views

0 Bookmark

एजेन्सी – सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को एक सफल फ्रेन्चाइज टोली हो । सन् २०१३ देखि आइपिएलमा सहभागिता जनाउँदै आएको हैदराबाद दुई पटक फाइनलमा पुगेको छ ।

हैदराबाद एक पटक उपाधि र उप विजेता भएको छ । चार पटक प्ले अफमा पुगेको छ । दुई सिजनमा लगातार लिग चरणबाटैं बाहिरिएको छ । सन टिभी नेटवर्कको सामित्वमा रहेको हैदराबादले आइपिएल २०२० को लागि सन्तुलित र बलियो टोली निर्माण गरेको छ । विश्वस्तरिय खेलाडी रहेको हैदराबाद उपाधिको दाबेदार टोली हो । यस सिजनमा हैदराबाद तेस्रो पटक फाइनलमा पुग्दै दोस्रो पटक उपाधि जित्ने सोचमा छ । डेभिड वार्नर कप्तान रहेको हैदराबादलाई दोस्रो उपाधि जित्ने अवसर छ ।

इतिहास

सन् २०१३ मा हैदराबाद पहिलो पटक आइपिएलमा सहभागिता जनाएको थियो । जुन सिजनमा प्ले अफमा पुगेको थियो । एलिमिनेटरमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुँदै बाहिरिएको थियो । सन् २०१४ र २०१५ मा हैदराबाद समान छैटौं स्थानमा रहेर बाहिरियो । तर सन् २०१६ मा भने हैदराबाद उत्कृष्ट प्रर्दशनका साथ पहिलो पटक फाइनलमा पुगेको थियो । फाइनलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले हराउँदै पहिलो उपाधि जितेको थियो ।

बेंगलोर २ सय ९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ७ विकेटको क्षतिमा २ सय रनमा समेटिएको थियो । सन् २०१७ मा एलिमिनेटरबाट बाहिरियो । सन् २०१८ मा हैदराबाद दोस्रो पटक फाइनलमा पुगेको थियो । सन् २०१८ मा अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले बल टम्परिङ काण्डको कारण आफ्नो नाम फिर्ता लिँदा न्युजिल्यान्डका केन विलियम्सनले कप्तानी गरेका थिए । फाइनलमा हैदराबाद चेन्नई सुपर किंग्ससँग ८ विकेटले पराजित भएको थियो । गतवर्ष हैदराबाद दिल्ली क्यापिटल्ससँग दुई विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

पहिलो रोजाईका सम्भावित चार विदेशी खेलाडी

हैदराबादले चार विदेशी खेलाडीमा कप्तान वार्नरसँगै इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टो, अफगानिस्तानका स्पिनर राशिद खान र न्युजिल्यान्डका कप्तान केन विलियम्सनलाई खेलाउने छ । वार्नर र बेयरस्टाले हैदराबादको ओपनिङ गर्ने छन् । यी दुईले गतवर्ष चार पटक शतकीय उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले उत्कृष्ट प्रर्दशन गर्दै मध्यक्रम सम्हाल्ने छन् । राशिद खान प्रमुख स्पिनर हुन् । राशिदको प्रर्दशन कमजोर रहेका वेस्टइन्डिजका फेबियन एलेनले मौका पाउने छन् ।

बलियो पक्ष

हैदराबादको तुलनात्मक रुपमा ब्याटिङ बलियो छ । हैदराबादमा वार्नर, बेयरस्टो, विलियम्सन, मनिष पान्डे र रिद्धिमान शाह जस्ता विश्वस्तरिय ब्याट्सम्यान छन् । भारतका यू१९ कप्तान प्रियम गर्ग र विराट सिंह जस्ताा चर्चित क्षमतावान् युवा ब्याट्सम्यानले गर्दा ब्याटिङ बलियो बनेको छ । अलराउन्डर विजय शंकर, मोहम्मद नाबी, मिचेल मार्श र फेबिएन एलेन छन् । वार्नर र बेयरस्टोले शीर्षक्रम सम्हाल्ने छन् । विलियम्सन, पान्डे र रिद्धिमान शाहले मध्यक्रम सम्हाल्ने छन् । तल्लोक्रममा विजय शंकर रहने छन् ।

Vivo IPL 2017 M14 - KKR v SRH

कमजोरी

हैदराबादको कमजोरी उत्कृष्ट फिनिसरको अभाव हो । गतवर्ष वार्नर र बेयरस्टोले उत्कृष्ट सुरुवात दिलाएपनि तल्लोक्रमका ब्याट्सम्यान नचल्दा पराजित हुन पुगेको थियो । तल्लोक्रममा अलराउन्डर विजय शंकर खेल्ने छन् । शंकर उत्कृष्ट फिनिसर भने मानिदैनन् । हैदराबादको शीर्षक्रम र मध्यक्रम ब्याटिङ मजबुत छ । तर तल्लोक्रम भने कमजोर देखिन्छ । टि२० मा सुरुवात मात्र राम्रो भएर हुँदैन अन्त्य पनि उत्कृष्ट हुनुपर्छ । उत्कृष्ट फिनिसरको अभावको कारण हैदराबादले राम्रो सुरुवात गरेपनि अन्त्य त्यहि अनुसार गर्न नसक्दा विशाल लक्ष्यमा पुग्न र पुर्याउन नसक्छ ।

प्रमुख हतियार

डेभिड वार्नर : वार्नरले आइपिएलमा निरन्तर उच्च प्रर्दशन गर्दै आएका छन् । गतवर्ष वार्नरले १२ खेलमा १ शतक र ८ अर्ध शतक सहित ६ सय ९२ रनका साथ सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए । सन् २०१५ को संस्करणमा वार्नरले १४ खेलमा ५ सय ६२ रन जोडेका थिए । सन् २०१७ मा वार्नरले १४ खेलमा ६ सय ४१ रनका साथ ओरेन्ज क्याप जितेका थिए । सन् २०१६ को आइपिएलमा वार्नर १७ खेलमा ८ सय ८४ रन जोड्दै दोस्रो स्थानमा थिए । वार्नर आक्रामक ब्याटिङका लागि परिचित छन् । वार्नर क्रिजमा टिक्दा एक्लै सहज जितमा पुर्याउन सक्ने क्षमता भएका ब्याट्सम्यान हुन् । वार्नर प्रमुख हतियार हुन् । उनको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

हिरो बन्न सक्ने युवा खेलाडी

विराट सिंह : २२ वर्षिय बायाँ हाते ब्याट्सम्यान विराट सिंह यस आइपिएलमा सनराइजर्स हैदराबादका लागि हिरो बन्न सक्ने क्षमता भएका युवा ब्याट्सम्यान हुन् । झारखण्डबाट घरेलु क्रिकेट खेल्ने सिंहले निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । ५६ टि२० खेलमा १५ सय ५२ रन बनाएका छन् । हैदराबादले सिंहलाई मध्यक्रममा खेलाउने प्रबल सम्भावना छ । पार्टटाइमका रुपमा लेग स्पिन बलिङ पनि गर्ने गर्दछन् ।

नायक बन्न सक्ने दुई विदेशी खेलाडी

केन विलियम्सन : न्युजिल्यान्डका कप्तान केन विलियम्सन मध्यक्रमका सर्वाधिक भरपर्दा ब्याट्सम्यान हुन् । उनको प्रर्दशनले हैदराबादको मध्यक्रम सम्हाल्ने छन् । विलियम्सनले पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सन् २०१८ का ओरेन्ज क्याप विजेता विलियम्सनले गत फेबु्रअरीमा भारतसँगको पाँचा टि२० खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए । उत्कृष्ट लयमा रहेका विलियम्सन हैदराबादलाई नायक बन्न सक्छन् ।

राशिद खान : अफगानिस्तानका लेग स्पिनर राशिद खानको प्रर्दशन हैदराबादलाई निकै महत्वपूर्ण हुने छ । हैदराबादका प्रमुख स्पिनर राशिद नचलेको खण्डमा हैदराबादको मध्यक्रम कमजोर बन्ने छ । यूएईको पिच स्पिनर उपयोगी मानिन्छ । जसले गर्दा राशिद यूएईको भूमिमा चम्कँन सक्छन् ।

खेल तालिका :

हैदराबादले आइपिएलमा सेप्टेम्बर २१ मा दुबईमा बेंगलोरसँग खेल्ने छ । बेंगलोरसँग दोस्रो खेल अक्टोबर ३१ मा शारजाहमा खेल्ने छ । कोलकाता नाइट राइडर्ससँग पहिलो खेल २६ सेप्टेम्बर र दोस्रो खेल अक्टोबर १८ मा खेल्ने छ । सेप्टेम्बर २९ मा दिल्ली क्यापिटल्ससँग पहिलो खेल खेल्ने छ । दिल्लीसँग दोस्रो खेल अक्टोबर २७ मा खेल्ने छ । अक्टोबर २ र १३ मा चेन्नईसँग प्रतिस्पर्धा गर्ने छ । अक्टोबर ४ र नोभेम्बर ३ मा खेल्ने छ । अक्टोबर ८ र २४ मा किंग्स इलेभेन पञ्जाबसँग खेल्ने छ । अक्टोबर ११ र २२ मा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

सम्भावित पहिलो रोजाईका प्लेईङ ११ : डेभिड वार्नर (कप्तान), जोनी बेयरस्टो, केन विलियम्सन, मनिष पान्डे, विराट सिंह, विजय शंकर, रिद्धिमान शाह (विकेटकिपर), राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा र खलिल अहमद÷अभिषेक शर्मा ।

हैदराबादको पूर्ण टोली : सञ्जय यादव, प्रियम गर्ग, अभिषेक शर्मा, अब्दुल साम्सद, डेभिड वार्नर, मोहम्मद नाबी, मिचेल मार्श, केन विलियम्सन, रिद्धिमान शाह, मनिष पान्डे, जोनी बेयरस्टो, श्रीवत्स गोस्वमी, शाहबज नदिम, भुवनेश्वर कुमार, सिदार्थ कौल, भवनका सन्दीप, सन्दीप शर्मा, विजय शंकर, बिलि स्यान्टनलेक, फेबियन एलेन, विराट सिंह, विशाल थाम्पी, राशिद खान, टि नटराजन र खलिल अहमद ।

अफिसयल टोली : प्रमुख प्रशिक्षक : ट्रेवर बेलिस, सहायक प्रशिक्षक : ब्रान्ड हडिन, टोली मेन्टर : भिभिएस लक्षमण, बलिङ प्रशिक्षक : मुथैया मुरलीधरन, फिल्डिङ प्रशिक्षक : बिजु जर्ज

यो पनि : मुम्बईलाई स्पिनरको चिन्ता

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.