4 years ago
September 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सडक दुर्घटनामा परि गम्भीर घाइते भएका राष्ट्रिय बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको सफल शल्यक्रिया भएको छ ।
ललितको बिहिबार काठमाडौंमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा दायाँ खुट्टा र दायाँ हातको शल्यक्रिया भएको उनकी श्रीमती ममता भण्डारीले जानकारी दिएकी छिन् । ममताका अनुसार ललित अहिले पनि आइसियुमै रहेका छन् । आज ह्विलचियरमा सार्ने भनिएको छ । ललितको शल्यक्रिया डा. चक्रराज पाण्डेको मेडिकल टोलीले गरेको हो । उनको हातको तीन भाग र खुट्टाको एक भागमा शल्यक्रिया भएको हो । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै राती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको थियो ।
कोहलपुरमा उनको पूर्ण उपचार हुन नसकेपछि उनलाई सोमबार सिम्रिक एरको हेलिकप्टरमार्फत ग्राण्डीमा ल्याइएको थियो । दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । हातको कुम, एंकल लगायतका भागहरुमा चोट लागेको थियो ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]