4 years ago
September 16, 2020
एजेन्सी – ओपनर जोनी बेयरस्टोको शतकको सहयोगमा इंग्ल्यान्डले तेस्रो तथा अन्तिम ओडिआई खेलमा अष्ट्रेलियालाई ३ सय ३ रनको विशाल लक्ष्य दिएको छ ।
म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २ रन बनायो । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले १ सय २६ बलमा १२ चौका र २ छक्का सहित १ सय १२ रनको उत्कृष्ट शतकीय इनिङ खेले । बेयरस्टोलाई ४१ औं ओभरको पहिलो बलमा प्याट कमिन्सले बोल्ड आउट गरेका थिए । बेयरस्टोले ३७ औं ओभरको पाँचौ बलमा कमिन्सलाई छक्का प्रहार गर्दै १ सय १६ बलमा आफ्नो करिअरको १० औं ओडिआई शतक पूरा गरेका थिए ।
इंग्ल्यान्डको सुरुवात भने सम्झन लायक रहेन । ओपनर जेसन रोय र जो रुट पहिलो ओभरको सुरुवाती दुई बलमै गोल्डेन डग आउट भएका थिए । तीव्र गतिका बलर मिचेल स्टार्कले रोयलाई ग्लेन म्याक्सवेबाट क्याच आउट गराए । दोस्रो बलमा स्टार्कले जो रुटलाई एलबिडब्लू आउट गर्दै ०–२ को अवस्थामा पुर्याए ।
तेस्रो विकेटका लागी बेयरस्टो र कप्तान ओइन मोर्गनले १०.२ ओभरमा ६७ रनको साझेदारी गर्दै इनिङ अघि बढाए । तर मोर्गनलाई स्पिनर एडम जाम्पाले स्टार्कबाट २३ रनमा क्याच आउट गराउँदैं साझेदारी तोडे । मोर्गनले २८ बलमा ४ चौका प्रहार गरे । १९ औं ओभरको पहिलो बलमा जाम्पाले कप्तान आरोन फिन्चबाट क्याच गराउँदै विकेटकिपर जस बटलरलाई ८ रनमा पेभिलिएन फर्काए ।
पाँचौ विकेटका लागि साम बिलिंग्स र बेयरस्टोले १ सय १४ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इंग्ल्यान्डलाई बलियो योगफलतर्फ अघि बढाएका थिए । बिलिंग्सलाई जाम्पाले ३८ औं ओभरको तेस्रो बलमा ५७ बलमा मिचेल मार्शबाट क्याच आउट गराउँदै शतकीय साझेदारी तोडेका थिए । बिलिंग्सले ५८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
टम करन १९ बलमा १ छक्का सहित १९ रनमा स्टार्कको बोल्ड आउटको शिकार हुन पुगे । क्रिस वोक्सले ३९ बलमा ६ चौका सहित ५३ रनमा अविजित रहँदै विशाल योगफल सम्म पुर्याए । आदिल राशिद ९ बलमा १ छक्का सहित ११ रनमा अविजित रहे ।
एडम जाम्पाले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ७४ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले १० ओभरमा ५३ रन खर्चेर १ विकेट लिए ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]