default_image

4 years ago

September 16, 2020

कप्तान ज्ञानेन्द्रका पाँच उत्कृष्ट प्रर्दशन

113 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाली क्रिकेटकै क्लासिक ब्याट्सम्यान भन्ने भनिन्छ । प्राविधिक रुपमा निपुण ज्ञानेन्द्रले उमेर समूहमा उच्च प्रर्दशनका साथ सन् २००६ मा नामिबियाविरुद्ध डेब्यु गरेका थिए ।

ज्ञानेन्द्रले सन् २००६ देखि २०१६ सम्म धेरै तेस्रो नम्बरमा ब्याटिङ गरे । जसक्रममा ज्ञानेन्द्रले आफूलाई प्रमुख ब्याट्सम्यानको रुपमा स्थापित गर्न सफल भए । तेस्रो नम्बरमा उनको प्रर्दशन पनि उत्कृष्ट रह्यो । तर ओपनरको लगातार कमजोर प्रर्दशनपछि स्थिति सुधार गर्न टोली व्यवस्थापनले सन् २०१६ देखि ज्ञानेन्द्रलाई ओपनिङको जिम्मेवारी दियो ।

नयाँ भूमिकामा ज्ञानेन्द्रले पनि आशा अनुसार प्रर्दशन गर्न सकेनन् । जसको कारण उनले चर्को आलोचना खेप्नु पर्यो । पछिल्लो तीन वर्षमा नेपाली क्रिकेटमा सर्वाधिक आलोचित हुने खेलाडी पनि ज्ञानेन्द्र रहे । धेरैले ज्ञानेन्द्रलाई आपनिङ नफापेको र उनको भूमिकामै अन्याय भएको बताउँछन् ।

नेपाली किकेटले हात पारेका सबै ठूला सफलतामा ज्ञानेन्द्र नेपाली टोलीमा रहँदै आएका छन् । डिभिजन पाँच देखि ३ सम्मको उपाधि, पहिलो पटक टि२० विश्वकप, ओडिआई मान्यता, पहिलो ओडिआई र टि२० सिरिज लगायत सबै सफलतामा ज्ञानेन्द्र टोलीका प्रमुख सदस्य थिए । पारस खड्काले २०१९ मा नेतृत्व छोडेदेखि ज्ञानेन्द्रले नेपाली क्रिकेट टोली सम्हालेका थिए ।

ज्ञानेन्द्र नेपाली क्रिकेटका एक आक्रामक ब्याट्सम्यान समेत हुन् । पछिल्लो समय उनको ब्याटबाट कमै मात्रमा आक्रामक रुपमा रन निस्किरहेको छ । आशा अनुसारको प्रर्दशन गर्न नसक्दा त्यसको दबाब खेल्ने शैलीमा पनि परेको अनुमान गर्न सकिन्छ । नेपालबाट सर्वाधिक छिटो अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक प्रहार गर्ने कीर्तिमान ज्ञानेन्द्रको नाममा छ ।

एसिसी इलिट ट्रफी २०१२ मा ज्ञानेन्द्रले साउदी अरेबियाविरुद्ध मात्र १७ बलमा अर्ध शतक प्रहार गरेका थिए । त्यसै खेलमा ज्ञानेन्द्रले ६ बलमा ६ चौका प्रहार गरेका थिए । ओडिआई डेब्यु खेलमै अर्ध शतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो नेपाली खेलाडी हुन् । नेपालले एकपछि अर्को सफलता हात पार्ने क्रममा झण्डै देढ दशक देखि टोलीमा रहेका ज्ञानेन्द्रले थुप्रै पटक विजयी इनिङ खेलेका छन् ।

केहि उत्कृष्ट प्रर्दशनका बाबजुद पनि नेपाल पराजित भएको छ । ब्याटिङसँगै फिल्डिङमा पनि त्यतिनै प्रभाव जमाउँदै आएका छन् । ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटमा गरेका पाँच उत्कृष्ट प्रर्दशन यस प्रकार छन् ।

५. क्यानडाविरुद्ध, ८६ रन, (आइसिसी विश्वकप छनोट, २०१४)

सन् २०१४ मा न्युजिल्यान्डमा भएको आइसिसी विश्वकप छनोट खेलमा ज्ञानेन्द्रले क्यानडाविरुद्ध उत्कृष्ट इनिङ खेलेपनि नेपाल १२ रनले पराजित भएको थियो । क्यानडाले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ४१ ओभरमा ८ विकेटको क्षतिमा २ सय ४३ रन बनाएको थियो । ज्ञानेन्द्रले ९७ बलमा ९ चौका सहित ८६ रन बनाएका थिए । तर अन्य ब्याट्सम्यानको साथ नपाउँदा ज्ञानेन्द्रको एकल प्रयास जितको लागि सम्भव बन्न सकेन ।

४. मलेसियाविरुद्ध ५१ रन, (एसिया टि२० विश्वकप छनोट, २०१९)

गतवर्ष सिंगापुरमा भएको आइसिसी एसिया टि२० विश्वकप छनोटमा नेपाल कतार र सिगापुरसँग पराजित हुँदै बाहिरिएको थियो । पहिलो खेलमै कतारसँग अप्रत्याशित हार बेहोरेको नेपाललाई दोस्रो खेलमा मलेसियाविरुद्ध जित्नै पर्ने दबाब थियो । तर वर्षाको कारण खेल प्रभावित बन्न पुग्यो ।

वर्षाको कारण ९ ओभरमा झारिएको खेलमा पहिला ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाउँदै ८३ रन जोडेपछि बलियो चुनौती पाएको थियो । तर ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्का सहित आक्रामक ५१ रन जोडेपछि नेपाल एक ओभर अघिनै ७ विकेटले विजयी भएको थियो । ज्ञानेन्द्र ‘म्यान अफ द म्याच’ चुनिएका थिए ।

३. केन्याविरुद्ध ९१ रन ( आइसिसी डिभिजन टु, २०१५)

सन् २०१५ मा नामिबियामा भएको आइसिसी डिभिजन टु प्रतियोगिता अन्तर्गत केन्याविरुद्ध ज्ञानेन्द्रले आफ्नो लिष्ट ए करिअकै उत्कृष्ट प्रर्दशन गरेका थिए । टस हारेर ब्याटिङ थालेको नेपाल ४९.४ ओभरमा १ सय ९४ रनमा अल आउट भएको थियो । अन्य ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा ज्ञानेन्द्र शतक बनाउन पाएका थिएनन् । अन्य खेलाडीको साथ नपाएका ज्ञानेन्द्रले १ सय १६ बलमा ७ चौका सहित ९१ रनमा अविजित रहेका थिए । तर नेपालले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य केन्याले ९० बल अगाडिनै ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

२. भुटानविरुद्ध १ सय ७ रन ( १३ औं साग, २०१९)

गतवर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ज्ञानेन्द्रले भुटानविरुद्ध उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । टीयु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो ।

जसक्रममा कप्तान ज्ञानेन्द्रले ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रनको इनिङ खेलेका थिए । नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने ज्ञानेन्द्र दोस्रो खेलाडी बनेका थिए । त्यस्तै नेपालबाट टि२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने । ज्ञानेन्द्र १३ साग पुरुष क्रिकेट प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

१. सिंगापुरविरुद्ध १ सय १४ रन (आइसिसी डिभिजन थ्री, २०१४)

सन् २०१४ मा मलेसियामा भएको आइसिसी डिभिजन थ्री प्रतियोगितामा नेपालले सिंगापुरलाई १ सय ९० रनको फराकिलो अन्तरले हराएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो । नेपालका अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसकेपनि ज्ञानेन्द्रले १ सय २५ बलमा १३ चौका र १ छक्का सहित १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । जुन ज्ञानेन्द्रको अन्तर्राष्ट्रिय करिअरकै उच्च प्रर्दशन पर्दछ ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.