default_image

4 years ago

September 15, 2020

ललितको उपचारमा सहयोग गर्न सिप्यानको अपिल

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सडक दुर्घटनामा परि घाइते भएका राष्ट्रिय टोलीका तीव्र गतिका बलर ललितसिंह भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सहयोगको अपिल गरेको छ ।

कञ्चनपुरमा गत आइतवार साँझ मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा राष्ट्रिय क्रिकेटर ललित सिँह भण्डारी घाइते भएको घटनाप्रति सिप्यानले प्रेस विज्ञप्ति जारी गर्दै स्तब्ध भएको जनाएको छ । सिप्यानले घटनास्थल देखि काठमाडौँ ल्याउन तथा उपचारमा सहयोग गर्ने अस्पताल, क्रिकेटर, शुभेच्छुकलगायत सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिवद्ध रहेको जनाएको छ ।

खेलाडीको हकहितका लागि विगतदेखि नै काम गर्दै आएको सिप्यानले भण्डारीको सहयोगका लागि सम्पूर्ण समर्थक लगायत सरोकारवाला समक्ष सिप्यानको बैंक खातामार्फत सहयोग रकम जम्मा गर्न अपिल गरेको छ । सिप्यानले संकलित सम्पूर्ण रकम घाइते भण्डारीलाई हस्तान्तरण गर्नेछ ।

नाम : क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल

बैंक : सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, पुतलीसडकशाखा काठमाडौँ

खाता नम्बर : ०० १००० २५२९ CA

यो पनि : ललितलाई सहयोग गर्ने क्यानको प्रतिवद्धता

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.