default_image

4 years ago

September 15, 2020

ललितलाई सहयोग गर्ने क्यानको प्रतिवद्धता

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाइते भएका तीव्र गतिका बायाँ हाते बलर ललितसिंह भण्डारीको उपचारमा नेपाल क्रिकेट संघ (क्यानले) आर्थिक सहयोग गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले आफूहरुले सक्दो सहयोग गर्ने बताएका हुन् । ‘हामीले सक्दो सहयोग छौं । खेलाडीको उपचारमा सहयोग गर्नु हाम्रो दायित्व हो । तुरुन्तै पैसा हाल्न सक्ने भने होईन । कोषाध्यक्ष र महासचिव बोलाएर निर्णय गर्ने छौं । हामीले सहयोगको लागि कुनै कमि र पछि पर्दैनौं’, चन्दले हाम्रो खेलकुदसँग भने ।

‘ठक्कर दिने ट्रकको मालिकले पैसा तिर्छु भनेको छ । पहिला उसको शल्यक्रिया हुन्छ । चार लाख त हेलिकप्टरमै लागेको छ । यो हाम्रो पहिलो घटना हो जस्तो लाग्छ । यस्तो अवस्थाबारे पूर्वतयारी केहि थिएन । यस्तो घटनाबारे सचेत हुनुपर्छ भन्ने बुझेका छौं,’ उनले भने, ‘ अन्तर्राष्ट्रिय खेलाडी घाइते भएमा क्यानले के गर्ने भनेर नीति बनाउन आवश्यक छ । पहिलो कुरा खेलाडीको जीवन विमा गर्न पर्यो । खेलाडीलाई सहयोग त गर्नैपर्छ ।’

‘मेरो हिसाबमा नेपाल प्रहरीको पनि केहि दायित्व हुन्छ । सबै सहयोगको लागि आफ्नो स्थानबाट पहल गरिरहेका छन् । पारस खड्का लगाएतका खेलाडी सबै उपचार सहयोगको लागि आफ्नो स्थानबाट लागेका छन्’,चन्दले भने ।

यो पनि : ललितको उपचारमा सहयोग गर्न सिप्यानको अपिल

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.