default_image

4 years ago

September 14, 2020

विदेशी खेलाडीमा निर्भर राजस्थान

124 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो संस्करणमै राजस्थान रोयल्सले उपाधि जित्दै सनसनी मच्चाएको थियो । त्यसयता भने राजस्थानको प्रर्दशन लगातार कमजोर रहँदै आएको छ ।

सन् २००८ मा चेन्नई सुपर किंग्सलाई फाइनलमा तीन विकेटले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेको राजस्थानले त्यसयता फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । आगमी हप्ता देखि संयुक्त अरव इमिरेट्र्स (यूएई) मा हुने आइपिएलमा राजस्थान सबैलाई आश्चर्य पार्दै फाइनलमा पुग्न चाहान्छ । राजस्थानले आइपिएल २०२० मा सेप्टेम्बर २२ मा चेन्नई सुपर किंग्ससँग खेल्दै सुरुवात गर्ने छ ।

राजस्थानको इतिहास

सन् २००८ को पहिलो संस्करणमा राजस्थानले चेन्नई सुपर किंग्सलाई फाइनलमा तीन विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसक्रममा शेन वार्न कप्तान हुँदा युसुफ पठान, मोहम्मद कैफ, शेन वाटसन, सोहेल तनवीर र रविन्द्र जडेजा लगाएतका खेलाडी टोलीमा थिए । सन् २००९ मा दक्षिण अफ्रिकामा भएको आइपिएलमा राजस्थान छैटौं स्थानमा रहेर बाहिरियो । २०१०, २०११ र २०१२ को सिजनमा क्रमश सातौं, छैटौं र सातौं औं स्थानमा रहेर लिग अन्त्य गरेको थियो ।

सन् २०१३ मा भने राजस्थान क्वालिफायरमा मुम्बई इन्डियन्ससँग चार विकेटले पराजित हुँदै फाइनलमा पुग्न सकेन । २०१४ मा पाँचौं औं र २०१५ मा चौथो स्थानमा रह्यो । २०१६ र २०१७ मा भने प्रतिबन्धमा परेको थियो । २०१८ मा चौथो र २०१९ मा सातौं औं स्थानमा रहेर बाहिरिएको थियो ।

विदेशी खेलाडीमा निर्भर

राजस्थान यस सिजनमा विदेशी खेलाडीमा बढि निर्भर छ । विदेशी खेलाडीको प्रर्दशनले आइपिएलमा राजस्थानको लिग चरणमा स्थान निर्धारण हुने निश्चित छ । स्टिभ स्मिथ कप्तान रहँदा राजस्थानमा इंग्ल्यान्डका विकेटकिपर जस बटलर, तीव्र गतिका बलर जोफ्रा आर्चर, अलराउन्डर बेन स्टोक्स, टम करन, दक्षिण अफ्रिका ब्याट्सम्यान डभिड मिलर, अष्ट्रेलिया एन्ड्रु टाई र वेस्टइन्डिजका ओशान थोमस विदेशी खेलाडीको रुपमा छन् ।

विदेशी खेलाडीको प्रर्दशन कस्तो रहन्छ त्यसले यस आइपिएलमा राजस्थानको भविष्य निर्धारण गर्ने छ । आइपिएलको नियम अनुसार चार जना मात्र विदेशी खेलाडी खेल्न पाउँछन् । जसले गर्दा राजस्थान केहि कमजोर देखिन्छ । राजस्थानले चार विदेशी कोटामा स्टोक्स, बटलर, आर्चर र स्मिथलाई खेलाउने बलियो सम्भावना देखिन्छ ।

भारतीय क्रिकेटबाट यशस्वी जैसवाल, सञ्जु स्यामसन, रियान पराग, रोविन उथप्पा, जयदेव उनादकट र श्रेयस गोपल पहिलो रोजाईमा पर्ने देखिन्छ । तर विदेशी खेलाडीको कम्जोर प्रर्दशनमा राजस्थानको जित निकै कठिन देखिन्छ ।

बलियो पक्ष

राजस्थानको बलियो पक्ष तुलनात्मक रुपमा ब्याटिङ देखिन्छ । ओपनिङ युवा ब्याट्सम्यान यशस्वी जैसवाल र बटलरले गर्ने छन् । तेस्रो नम्बरमा सञ्जु स्यामसन र चौथो नम्बरमा स्टिभ स्मिथको सम्भावना छ । पाँचौ नम्बरमा बेन स्टोक्स र छैटौं नम्बरमा रोविन उथप्पा र सातौं नम्बरमा युवा ब्याट्सम्यान रियान परागको सम्भावना छ । तल्लोक्रममा जोफ्रा आर्चरले पनि ठूला सटको क्षमता राख्छन् ।

कमजोर पक्ष

राजस्थानको कम्जोर पक्ष स्पिन बलिङ हो । राजस्थानसँग स्पिनरको रुपमा श्रेयस गोपाल र मंयक मारकन्डे छन् । अलराउन्डर स्पिनरमा रियान पराग र राहुल तेवतिया छन् । यी सबै लेग स्पिनर हुन् । जसले गर्दा टालीमा अफस्पिनरको समस्या देखिन्छ । अर्कोतर्फ मारकन्डेले गतवर्ष मुम्बईबाट ३ खेलमा १ मात्र विकेट लिएका थिए । मारकन्डेमा नियमित टोलीमा स्थान बनाउने सम्भावना कम छ ।

गोपालले गतवर्ष उच्च प्रर्दशन गर्दै १४ खेलमा २० विकेट लिएका थिए । गोपालले खराब प्रर्दशन गरेको खण्डमा राजस्थानसँग अर्को विकल्प छैन । यूएईको पिच स्पिनर उपयोगी मानिन्छ । जसले दुई स्पिनर सबै टोलीको रोजाईमा पर्ने देखिन्छ । तर राजस्थानमा स्पिनरको समस्या देखिन्छ । यही समस्यानै राजस्थानलाई प्ले अफमा पुग्न बाधक बन्न सक्छ ।

तीव्र गतिको बलिङ ?

राजस्थानको तीव्र गतिको बलिङ बलियोनै देखिन्छ । राजस्थानले विदेशी खेलाडीमा स्टोक्स र जोफ्रा आचरलाई तीव्र गतिका बलरको रुपमा खेलाउने सम्भावना छ । ओशान थोमस र टम करन टोलीका राम्रो विकल्प हुँदा प्लेइङ ११ मा मौका पाउने सम्भावना कम छ । भारतीय क्रिकेटका युवा बलर कात्तिक त्यागी, आकाश सिंह, जयदेव उनादकट, बरुन आरोन, अकिंत राजपुत टोलीमा हुँदा तीव्र गतिको बलिङ युनिट सहि सहि देखिन्छ ।

राजस्थानको पूर्ण खेल तालिका

राजस्थानले आफ्नो पहिलो खेल आइपिएलमा चेन्नई सुपर किंग्ससँग सेप्टेम्बर २२ मा खेल्ने छ । जुन खेल शारजाहमा हुने छ । चेन्नईसँग दोस्रो खेल अक्टोबर १९ मा आबूधाबीमा खेल्ने छ । सेप्टेम्बर २७ मा किंग्स इलेभेन पञ्जावसँग पहिलो र अक्टोबर ३० मा दोस्रो खेल खेल्ने छ । सेप्टेम्बर ३० मा कोलकातासँग पहिलो र नोभेम्बर १ मा दोस्रो तथा लिग चरणको अन्तिम खेल खेल्ने छ । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध अक्टोबर ३ मा पहिलो र अक्टोबर १७ मा दोस्रो खेल खेल्ने छ ।

बेंगलोरसँगका दुबै खेल दिउँसो ३ः ४५ पछि सुरु हुने छ । अक्टोबर ६ मा मुम्बई इन्डियन्ससँग पहिलो र अक्टोबर २५ मा दोस्रो खेल खेल्ने छ । अक्टोबर ९ मा दिल्लीसँग पहिलो र अक्टोबर १४ मा दोस्रो खेल खेल्ने छ । अक्टोबर ११ मा सनराइजर्स हैदराबादसँग पहिलो र अक्टोबर २२ मा दोस्रो खेल खेल्ने कार्यक्रम छ ।

नायक बन्न सक्ने दुई विदेशी खेलाडी

बेन स्टोक्स : इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स यस सिजनको आइपिएलमा पनि उच्च प्रर्दशन गर्न सक्छन् । स्टोक्सलाई राजस्थानले फिनिसरको भूमिका दिने छ । अर्कोतर्फ मध्यक्रममा उनले तीव्र गतिको बलिङ गर्दै साथ दिने छन् । विश्व क्रिकेटमा वर्तमान समयका सर्वोत्कृष्ट फिनिसर स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट अलराउन्डर प्रर्दशन गर्दै आएका छन् ।

जोफ्रा आर्चर : इंग्ल्यान्डका जोफ्रा आर्चर राजस्थानका तीव्र गतिका प्रमुख बलर हुन् । आर्चरको प्रर्दशनले ठूलो प्रभाव पार्ने छ । अर्कोतर्फ पछिल्लो समय आर्चरले अन्तर्राष्ट्रिय क्रिकेटमा सीमित ओभरमा पनि निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

जैसवाल बन्न सक्छन् सरप्राइज

यस पटक युवा ब्याट्सम्यान जैसवालमाथि धेरैको नजर र ठूलो आशा गरिएको छ । उमेर समूह र घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका जैसवाललाई आगमी दिनमा भारतीय क्रिकेट टोलीको ओपनरको रुपमा समेत हेरिएको छ । जैसवाल र बटलरले ओपनिङ गर्ने सम्भावना छ ।

यसै वर्ष सम्पन्न यू१९ विश्वकपमा सर्वाधिक रनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका जैसवाल डेब्यु गर्दै उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । परिपक्क खेलाडीले जस्तै निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका जैसवाल आइपिएलमा उच्च प्रर्दशन गर्दै भारतीय टोली सम्म पुग्ने सोचमा पनि रहेका छन् ।

सम्भावित पहिलो रोजाईको प्लेइङ ११ : यशस्वी जैसवाल, जस बटलर, सञ्जु स्यामसन, रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), बेन स्टोक्स, रियान पराग, ओफ्रा आर्चर, श्रेयस गोपाल, मंयक मारकन्डे र जयदेव उनादकट ।

राजस्थानको पूर्ण टोली : रियान पराग, मंयक मारकन्डे, कात्तिक त्यागी, अञ्जु रावत, यशस्वी जैसवाल, आकाश सिंह, स्टिभ स्मिथ (कप्तान), जस बटलर, बेन स्टोक्स, डेभिड मिलर, श्रेयस गोपाल, रोविन उथप्पा, शशांक सिंह, जयदेव उनादकट, अनुराधा जोशी, राहुल तेवतिया, सञ्जु स्यामसन, मनान बोहरा, टम करन, अंकित राजपूत, जोफ्रा आर्चर, महिपाल लोमर, ओशान थोमस ।

यो पनि पढ्नुहोस : बेंगलोर : सफल खेलाडीको असफल टोली

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.