default_image

4 years ago

September 14, 2020

ललितको हात र‌ खुट्टामा शल्यक्रिया आवश्यक

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको छ ।

आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको छ । ललितलाई आइतबार राती ११ बजे धनगढीबाट कोहलपूर ल्याइएको हो ।

ललितका नातेदार फुपाजु रामसिंह खत्रीले ललित खतरा बाहिर रहेको र होस आएको बताएका छन् । ‘दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । ललितको दायाँ हात र दायाँ खुट्टामा चोट लागेको छ । हातको कुम, एंगल पनि चोट लागेको छ ।’

‘छाती र टाउकोमा चोट लागेको हुँदा धेरै ठूलो डर थियो । तर अहिले त्यो ठूलो डर टरेको छ । ललितको उपचारमा खटिएका चिकित्सकहरुले अवस्था सामान्य छ भन्नु भएको छ । छाती र टाउको डर अब पहिलाजस्तो छैन’, खत्रीले हाम्रो खेलकुदसँग भने ।

न्यूरोका चिकित्सकहरु आएपछि थप उपचार हुने उनले बताएका छन् । छाती र टाउको ठूलो समस्या टरेको हुँदा कोहलपूरमै उपचार हुने सम्भावना बढी छ । ‘टाउको र छातीको यहाँ उपचार हुन नसके काठमाडौं लैजान पर्थ्यो होला । अब हात र हड्डीको हो । यतै उपचार हुन्छ होला । चिकित्सक आएपछि मात्र थाहा हुने छ’, उनले भने ।

ललितको उपचारमा उनकै गाउँका डाक्टर सुरेन्द्र भट्ट आएका छन् भने अर्को चिकित्सकको नाम थाहा नभएको खत्रीले जानकारी दिए । ‘होस राम्रो आएको छ । ललितको आज नै भिडियो एक्सरे(अल्ट्रा साउन्ड) गरेपछि विस्तृत जानकारी आउँछ । अहिले अवस्था राम्रो छ । चिन्ता लिनु पर्ने अवस्था छैन’, उनले भने ।

नेपाली फ्रेन्चाइज लिग र घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका बायाँ हाते तीव्र गतिका बलर ललितले पछिल्लो समय चोटकै कारण राष्ट्रिय टोली बाहिर थिए । ललित घरेलु क्रिकेट नेपाल पुलिसबाट खेल्ने गर्दछन् ।

ललितले सन् २०१७ मा आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत संयुक्त अरव इमिरेट्र्स (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ललितले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यु गर्दै दुई विकेट लिएका थिए । तर चोटका कारण टोलीमा नियमित स्थान बनाउन संघर्ष गर्दै आएका थिए ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.