4 years ago
September 12, 2020
एजेन्सी – अमेरिका राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर अली खानलाई अर्को सातादेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले अनुबन्ध गरेको छ ।
योसँगै आइपिएलमा अनुबन्ध हुने अली खान पहिलो अमेरिकन खेलाडी बनेका छन् । २९ वर्षिय अली खानलाई कोलकाताले तीव्र गतिका बलर ह्यारी गर्नीको स्थानमा अनुबन्ध गरेको हो । इंग्ल्यान्डका गर्नीले अघिल्लो महिना काँधमा चोट लागेको कारण आइपिएल गुमाउने भएका हुन् । तर आइपिएल गभर्निंग काउन्सिलले अलीको अनुबन्धनलाई आधिकारिकता दिन भने बाँकी छ ।
क्यारेविन प्रिमियर लिग (सिपिएल) मा ट्रीनबेगो नाइट राइडर्सले अपराजित हुँदै उपाधि जित्दा अली टोलीमा सदस्य थिए । सिपिएलमा अलीले ८ विकेट लिएका थिए । अमेरिकाबाट अलीले १ ओडिआई र ९ लिष्ट ए खेल खेलेका छन् । ओडिआईमा १ र लिष्ट ए मा २३ विकेट लिएका छन् । ३६ टि२० एस खेलमा ३८ विकेट लिएका छन् ।
पाकिस्तानमा हुर्केका अली संयुक्त अरव इमिरेट्र्स (यूएई) को वातावरणसँग घुलमिल छन् । कोलकातामा कमलेश नगरकोटी, शिवम माभी, प्याट कमिन्स, लोकी फर्गुसन लगाएतका तीव्र गतिका बलर छन् । कोलकाताले आइपिएलमा सेप्टेम्बर २३ मा मुम्बई इन्डियन्सविरुद्ध खेल्दै सुरुवात गर्ने छ ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]