default_image

4 years ago

September 11, 2020

म्याक्सवेल र मार्शको साझेदारीमा अष्ट्रेलियाको बलियो योगफल

122 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यानद्वय ग्लेन म्याक्सवेल र मिचेल मार्शको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय ९५ रनको लक्ष्य दिएको छ ।

म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९४ रन बनायो । अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ५९ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए । जोफ्रा आर्चरले ४४ औं ओभरको तेस्रो बलमा बोल्ड आउट गर्दै म्याक्सवेललाई शतक सम्म पुग्न दिएनन् ।

मिचेल मार्शले ७३ रनको महत्पूर्ण योगदान दिए । ४७ औं ओभरको अन्तिम बलमा मार्क वुडले एलबिडब्लू आउट गर्नुअघि मार्शले एक सय बलमा ६ चौका प्रहार गरे । खराब सुरुवात गरेको अष्ट्रेलियालाई छैटौं विकेटका लागि मार्श र म्याक्सवेलले १ सय २६ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए ।

अष्ट्रेलियाका शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशन कम्जोर रह्यो । ओपनर डेभिड वार्नरलाई चौथो ओभरको पहिलो बलमा जोफ्रा आर्चरले ६ रनमा बोल्ड आउट गरे । दशौं ओभरको पहिलो बलमा मार्क वुडले विकेटकिपर जस बटलरबाट कप्तान आरोन फिन्चलाई १६ रनमा क्याच गराए । फिन्चले २५ बलमा ३ चौका प्रहार गरे । टोलीका प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ विहिबार अभ्यासको क्रममा घाइते भएपछि यस खेलमा टोलीमा छैनन् । त्यसैले तेस्रो नम्बरमा अष्ट्रेलियाले मार्कस स्टोइनिसलाई मैदान उतारेको थियो ।

स्टोइनिस र मार्नस लाबुसेनले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउन खोजेका थिए । तर वुडको बलमा कट निकाल्ने प्रयासमा स्टोइनिस बटलरबाट ४३ रनमा समातिन पुगेपछि अष्ट्रेलिया १५.२ ओभरमा ८०–३ को अवस्थामा पुगेको थियो । स्टोइनिसले ३४ बलमा ६ चौका प्रहार गरे ।

२० औं ओभरको दोस्रो बलमा लाबुसेनलाई स्पिनर आदिल राशिदले २१ रनमा एलबिडब्लू आउट गरे । लाबुसेनले ३० बलमा एक चौका प्रहार गरेका थिए । राशिदको एलेक्स केरी २४ औं ओभरको चौथो बलमा टप एज लागेर १० रनमा साम विलिंग्सबाट क्याच हुन पुगेपछि अष्ट्रेलिया १२३–५ को कम्जोर अवस्थामा पुगेको थियो ।

तर म्याक्सवेल र मार्शले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याएका थिए । प्याट कमिन्सलाई आर्चरले ९ रनमा क्याच आउट गराए । मिचेल स्टार्क १२ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे । एडम जाम्पा ५ रनमा आउट भए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले १० ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । स्पिनर आदिल राशिदले १० ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । मार्क वुडले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । क्रिक्स वोक्सले एक विकेट लिए ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.