default_image

4 years ago

September 11, 2020

आइपिएल २०२० : पर्पल क्यापका पाँच दाबेदार

149 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण सेप्टेम्बर १९ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । विश्वकै सर्वाधिक लोकप्रिय र चर्चित फ्रेन्चाइज टि२० लिग आइपिएलले विश्व क्रिकेटमा उत्साह, खुसी र मनोरञ्जन फर्काउने छ ।

आइपिएल कोरोना महामारीको कारण तेस्रो पटक भारत बाहिर हुँदै छ । सन् २००९ मा भारतमा आम निर्वाचनका कारण आइपिएलका पुरै संस्करण दक्षिण अफ्रिकामा भएका थिए । आम निर्वाचनकै कारण सन् २०१४ मा यूएईमा आइपिएलका २० खेल भएका थिए । कोरोना महामारीले गर्दा धेरै खेलाडीले अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । जसले आइपिएलबाट पूनरागमन गर्ने खेलाडी पनि धेरै छन् ।

यसको सबैभन्दा ठूलो असर तीव्र गतिका बलरलाई पर्न सक्छ । अर्कोतर्फ आइपिएल हुने आबूधावी, शारजाह र दुईबका पिच स्पिनर उपयोगी मानिन्छन् । त्यसैले यस पटकको आइपिएलमा तीव्र गतिका बलरलाई सहज पक्कै हुने छैन । यस पटक स्पिनर बढि हाबी हुन सक्छन् । आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीले पर्पल क्याप अवार्ड पाउने गर्दछन् । पर्पल क्याप अवार्ड विजेता खेलाडीले १६ लाख नेपाली रुपैयाँ प्राप्त गर्दछन् ।

आइपिएलको पहिलो पर्पल क्याप संस्करणमा सन् २००८ मा पाकिस्तानका तीव्र गतिका बलर सोहेल तनवीरले ११ खेलमा २२ विकेट लिदै पर्पल क्याप जितेका थिए । गतवर्ष पर्पल क्याप चेन्नई सुपर किंग्सका स्पिनर इमरान ताहिरले १७ खेलमा २६ विकेट लिदै जितेका थिए ।

आइपिएलको एकै सिजनमा सर्वाधिक विकेट लिने कीर्तिमान चेन्नईबाट वेस्टइन्डिजका मध्यगतिका बलर ड्वेन ब्राभोको नाममा छ । ब्राभोले सन् २०१३ मा १८ खेलमा ३२ विकेट लिएका थिए । सबै खेलाडीको लय, पछिल्लो समयको प्रर्दशन र गर्न सक्ने सम्भावनालाई हेर्दा आइपिएल २०२० मा यी पाँच खेलाडीले सर्वाधिक विकेट लिन सक्छन् ।

५. युजभेन्द्र चहल (रोयल च्यालेन्जर्स बेंगालेर)

भारतीय सीमित ओभरका प्रमुख लेग स्पिनर युजभेन्द्र चहल बेंगलोरका मुख्य बलिङ हतियार हुन् । आइपिएलमा उच्च प्रर्दशनका साथ चहलले भारतीय टोलीमा सन् २०१६ मा डेब्यु गरेका थिए । ३० वर्षिय चहल बेंगालेरका प्रमुख स्पिनर हुन् । गतवर्ष चहलले १४ खेलमा १८ विकेट लिएका थिए । चहलले आफ्नो गुगली र लेग ब्रेकमा विपक्ष्य ब्याट्सम्यानलाई निराश बनाउने गर्दछन् ।

पछिल्लो पटक चहलले गत फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध तीन ओडिआई खेल खेलेका थिए । दोस्रो र तेस्रो खेलमा ३–३ विकेट लिएका थिए । कोहलीको पहिलो रोजाईका स्पिनर चहलले निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । ४२ टि२० आई खेलमा ५५ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ६–२५ छ । यस सिजनको आइपिएलमा चहलले यूएईको पिचको फाइदा उठाउँदै सर्वाधिक विकेट लिन सक्छन् ।

४. मुजिब उर रहमान (किंग्स इलेभेन पञ्जाव)

अफगानिस्तानका १९ वर्षिय स्पिनर मुजिब उर रहमान पञ्जावका प्रमुख स्पिनर हुन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलावाजबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरि रहेका मुजिबबाट आइपिएलमा त्यस्तै प्रर्दशनको आशा पञ्जावले गरेको छ । आइपिएल अघि सिपिएलको लय र प्रर्दशनले उनको आत्माविश्वास झनै बढ्ने छ ।

अर्कोतर्फ मुजिब यस सिजनमा पञ्जावको पहिलो रोजाईमा खेल्ने छन् । मुजिबले १९ टि२० आई खेलमा २५ विकेट लिएका छन् । मुजिबमा स्पिनका थुप्रै भेराइटी पाइन्छ । नयाँ बलका साथ बलिङ गर्ने मुजिबले विपक्ष्यका ब्याट्सम्यानलाई दबाब थप्दै विकेट लिने गर्दछन् । गतवर्ष आइपिएलमा मुजिबले ५ खेल खेलेका थिए । यस पटक पञ्जावका कप्तान समेत रहेका रविचन्द्रन आश्विन दिल्ली क्यापिटल्समा गएका छन् । उत्कृष्ट लयमा देखिएका मुजिब यस पटक आइपिएलमा सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् ।

३. कागिसो रबाडा (दिल्ली क्यापिटल्स)

rabada

दक्षिण अफ्रिका तीव्र गतिका युवा बलर कागिसो रबाडा वर्तमान समयका एक उत्कृष्ट डेथ ओभर विशेषज्ञ बलर हुन् । रबाडाको बलको गती, अनुशासित लाइन एण्ड लेन्थ र योर्कर बल उनको हतियार विशेषता हो । गतवर्ष आइपिएलमा दिल्लीबाट रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए । चोटका कारण रबाडाले लिग चरणका अन्तिम दुई खेल र प्ले अफ गुमाउनु परेको थियो । रबाडा बाहिरिदा दिल्लीको पहिलो पटक फाइनल पुग्ने सपना अधुरै बनेको थियो ।

दिल्लीका प्रमुख बलर रबाडाले डेथ ओभरमा ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिदैनन् । रबाडाले विपक्षी ब्याट्सम्यानको कम्जोरी चाडैंनै पत्ता लगाउने गर्दछन् । अर्कोतर्फ योर्करका लागि त्यतिनै सिपालु छन् । रबाडाको सामना गर्न विपक्ष्य कुनैपनि ब्याट्सम्यानलाई सहज हुँदैन । निरन्तर उच्च प्रर्दशन गर्दै आएका रबाडा यो पटक आइपिएलमा पर्पल क्याप जित्न सक्छन् ।

२. इमरान ताहिर (चेन्नई सुपर किंग्स)

दक्षिण अफ्रिका अनुभवी स्पिनर इमरान ताहिर उत्कृष्ट लयमा छन् । उमेरले ४१ वर्षका ताहिरको प्रर्दशन युवा खेलाडीको भन्दा कम छैन । सिपिएलमा ताहिरले १० खेलमा १५ विकेटका साथ शीर्ष स्थानमा छन् । फ्रेन्चाइज लिगमा निरन्तर उच्च प्रर्दशन गर्दै आएका ताहिरले गतवष पर्पल क्याप जितेका थिए । ताहिर आइपिएल इतिहासमा एकै संस्करणमा सर्वाधिक विकेट लिने स्पिनर पर्दछन् ।

गतवर्ष ताहिरले १७ खेलमा २६ विकेट लिएका थिए । ताहिर चेन्नईका प्रमुख स्पिनर हुन् । अर्कोतर्फ ताहिर यूएईमै बस्ने गर्दछन् । ताहिरलाई यूएईको पिच र वातावरण बारे राम्रो जानकारी छ । उत्कृष्ट लयमा हुनुको साथै पिचको बारेपनि जानकारी भएको हुँदा त्यसको फाइदा उठाउँदै ताहिर यो पटक पनि सर्वाधिक विकेट लिने खेलाडी बन्न सक्छन् ।

१. जस्प्रित बुमराह (मुम्बई इन्डियन्स)

भारतीय क्रिकेट टोली तथा मुम्बईका तीव्र गतिका बलर जस्प्रित बुमराह वर्तमान समयका एक सर्वोत्कृष्ट बलर हुन् । वर्तमान समयका उत्कृष्ट डेर्थओभर स्पेलिष्ट बुमराहले आइपिएल र अन्तर्राष्ट्रिय क्रिकेट दुबैमा निरन्तर उच्च प्रर्दशन गर्दै आएका छन् । बुमराहको योर्कर बल कमै ब्याट्सम्यानले मात्र चाल पाउने गर्दछन् । बुमराहको बलमा विश्वका धेरै चर्चित ब्याट्सम्यान रन भन्दा पनि विकेट बचाउन ध्यान दिने गर्दछन् ।

बुमराहको बलमा रन जोड्न कुनैपनि ब्याट्सम्यानलाई सहज हुँदैन । अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उच्च प्रर्दशन गर्दै आएका बुमराहले गतवर्ष १६ खेलमा १९ विकेट लिएका थिए । मुम्बईलाई चार पटक च्याम्पियन बनाउन बुमराहको योगदान महत्वपूर्ण छ । मुम्बईका प्रमुख हतियार बुमराह यस सिजनको आइपिएलमा सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.