default_image

4 years ago

September 11, 2020

अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

92 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ५:४५ पछि म्यानचेस्टरमा सुरु हुँदै छ ।

आईसिसी क्रिकेट विश्वकप सुपर लिगमा दुवै टोली महत्वपूर्ण अंक जोड्ने सोचमा छन् । तीन टि२० सिरिज २–१ ले गुमाएको अष्ट्रेलिया ओडिआई सिरिज आफ्नो पक्षमा पार्दै भ्रमण अन्त्य गर्न चाहान्छ । यता इंग्ल्यान्ड टि२० आई सिरिजको नजितालाई निरन्तरता दिने सोचमा छ । इंग्ल्यान्ड ओईन मोर्गन र अष्ट्रेलिया आरोन फिन्चको कप्तानीमा मैदान प्रवेश गर्ने छन् । दुवै टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपलाई टोली निर्माण सुरुवातको रुपमा लिएका छन् ।

चोटका कारण टि२० सिरिज गुमाएका ओपनर जेसन रोय ओडिआई टोलीमा फर्किएका छन् । अर्कोतर्फ टि२० टोलीमा नरहेका जो रुट ओडिआई टोलीमा छन् । रुट र रोयको आगमनले इंग्ल्यान्डको ब्याटिङ मजबुत बन्ने छ । इंग्ल्यान्डको ओपनिङ रोय र जोनी बेयरस्टोले गर्ने छन् । तेस्रो नम्बरमा जो रुट र चौथो नम्बरमा कप्तान ओईन मोर्गनले समाल्ने छन् । उत्कृष्ट लयमा रहेका मोर्गनलाई रोक्न अष्ट्रेलियालाई चुनौती हुने छ ।

पाँचौ नम्बरमा युवा ब्याट्सम्यान टम ब्यान्टनलाई मौका दिने छ । छैटौं नम्बरमा विकेटकिपर जस बटलरलाई मैदान उतार्ने छ । बटलरले टि२० सिरिजमा उच्च प्रर्दशन गरेका थिए । इंग्ल्यान्डले जोफ्रा आर्चर, क्रिस वोक्स र मार्क उडलाई तीव्र गतिका बलरको रुपमा मैदान उतार्ने सम्भावना छ । अलराउन्डरको रुपमा मोईन अली र स्पिनरमा आदिल राशिदलाई मौका दिन सक्छ । मोर्गन, रुट र आर्चर इंग्ल्यान्डका प्रमुुख हतियार हुन् ।

अष्ट्रेलियाको ओपनिङ फिन्च र डेभिड वार्नरले गर्ने छन् । तेस्रो नम्बरमा स्टिभ स्मिथले गर्ने छन् । चौथो नम्बरमा अष्ट्रेलियाले युवा ब्याट्सम्यान मार्नस लाबुसेनलाई उतार्ने छ । उत्कृष्ट प्रर्दशन गर्दै आएका लाबुसेनले टि२० खेलमा मौका पाएनन् । शीर्ष यी चार ब्याट्सम्यानको प्रर्दशन अष्ट्रेलियालाई निकै महत्वपूर्ण हुने छ । पाँचौ नम्बरमा ग्लेन म्याक्सवेलको सम्भावना छ ।

छैटौं नम्बरमा विकेटकिपर एलेक्स केरीलाई मैदान उतार्ने छ । मार्कस स्टोइनिस र मिचेल मार्श मध्य एक अलराउन्डरलाई अष्ट्रेलियाले मैदान उतार्न सक्छ । तीव्र गतिका बलरमा मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुडको सम्भावना छ । स्पिनर एडम जाम्पा र एश्टन अगर दुबैलाई मैदान उतार्न सक्छ । स्टार्क, स्मिथ र वार्नर अष्ट्रेलियाका प्रमुख खेलाडी हुन् ।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीच कुल १ सय ४९ ओडिआई खेल भएका छन् । जसमा इंग्ल्यान्ड ६२ खेलमा विजयी हुँदा ८२ खेलमा पराजित भएको छ । दुई खेल बराबर हुँदा तीन खेल नतिजाविहिन बनेका थिए । सन् २०१७ यता अष्ट्रेलिया र इंग्ल्यान्डबीच कुल १३ ओडिआई खेल भएका छन् । जसमा इंग्ल्यान्ड ११ खेलमा विजयी हुँदा २ खेलमा मात्र पराजित भएको छ ।

इंग्ल्यान्डले गतवर्ष एक दिवसिय विश्वकप जित्दाका ११ खेलाडी अष्ट्रेलियाविरुद्ध ओडिआई सिरिजलाई घोषणा गरेका १४ खेलाडीभित्र छन् । यी दुई टोलीले पछिल्लो पटक ओडिआई खेल एक दिवसिय विश्वकप सेमिफाइनलमा खेलेका थिए । जुन खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.