default_image

4 years ago

September 11, 2020

सिपिएलको उपाधि ट्रीनबेगोलाई, पोलार्ड सर्वोत्कृष्ट

115 views

0 Bookmark

एजेन्सी – प्रतियोगिता अवधिभर अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० को उपाधि ट्रीनबेगो नाइट राइडर्सले जितेको छ ।

बिहिवार राती भएको फाइनलमा नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि जितेको हो । जितका लागि जुक्सले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य राइडर्सले १८.१ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्दै चौथो पटक च्याम्पियन बनेको हो ।

राइडर्सका ओपनर लेन्डल सिमन्स ४९ बलमा ८ चौका र ४ छक्का सहित ८४ रनमा अविजित रहे । ड्यारेन ब्राभो ४७ बलमा २ चौका र ६ छक्का सहित ५८ रनमा अविजित रहे । तेस्रो विकेटका लागि सिमन्स र ब्राभोले १ सय ३८ रनको अविजित साझेदारी गर्दै सहज उपाधि दिलाएका थिए ।

ओपनर टियोन वेबस्टर ५ र टिम सिफर्ट ४ रनमा आउट भए । रोश्टन चेश र स्कट कुग्गेलेइजनले एक एक विकेट लिए ।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जुक्स १९.१ ओभरमा १ सय ५४ रनमा अल आउट भएको थियो । सुरुवात राम्रो गरेपनि अन्त्य उत्कृष्ट गर्न नसक्दा विशाल योगफल बनाउनबाट चुकेको थियो ।

मार्क डियाल २९, आन्द्रे फ्लेक्चर ३९, रोश्टन चेश २२ र नाजिबउल्लाह जद्रानले २४ रन बनाउदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । राइडर्सका कप्तान काइरन पोलार्डले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अली खान र फवाद अहमदले २–२ विकेट लिए ।

यसअघि सन् २०१५, २०१७ र २०१८ मा राइडर्सले उपाधि जितेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राइडर्सका कप्तान काइरन पोलार्ड चुनिए । राइडर्सलाई अपराजित रहँदै उपाधि दिलाउन कप्तानी र प्रर्दशन दुबैमा महत्वपूर्ण योगदान दिएका पोलार्डले २ सय ७ रन बनाउनुको साथै ८ विकेट लिएका थिए ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.