default_image

4 years ago

September 10, 2020

सिपिएलमा राशिद भन्दा सन्दीप उत्कृष्ट

145 views

0 Bookmark

एजेन्सी– क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तानका राशिद खानले भन्दा उत्कृष्ट प्रर्दशन गरेका छन् ।

सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनल र राशिद रहेको बार्बाडोस ट्राइडेन्स लिग चरणबाट बाहिरियो । सिपिएलको फाइनल खेल्न बाँकी रहँदा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । सन्दीपले ११ खेलमा १० इनिङमा ४० ओभर बलिङ गर्दै १ मेडन सहित २ सय ११ रन खर्चेर १२ विकेट लिदै यस सिजनको सिपिएल अन्त्य गरे । सन्दीपको इकोनमी रेट ५.२७ रहँदा उत्कृष्ट प्रर्दशन २–८ छ ।

बार्बाडोसका राशिदले १० खेलमा ३६.२ ओभर बलिङ गर्दै १ मेडन सहित २ सय ४९ रन खर्चेर ११ विकेटका साथ पाँचौ स्थानमा छन् । उत्कृष्ट प्रर्दशन २–२४ हुँदा इकोनमी रेट ६.८७ रहेको छ । सन्दीप एक खेलमा विकेट विहिन बने । राशिद दुई खेलमा विकेट लिन सकेनन् ।

सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा अफगानिस्तानका स्पिनर मुजिब उर रहमान जमैकाबाट र सेन्ट लुसिया जुक्सबाट न्युजिल्यान्डका स्कर्ट कुग्गलेइजन १६ विकेटका साथ शीर्ष स्थानमा छन् । मुजिबले ११ खेलमा ४१ ओभर बलिङ गर्दै १ मेडनका साथ २ सय १७ रन खर्चेर १६ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ३–११ हुँदा इकोनमी ५.२९ छ ।

स्कटले १० खेलमा ३०.१ ओभर बलिङ गर्दै १ मेडनका साथ २ सय ३६ रन खर्चेर १६ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ४–३३ छ । इकोनमी ७.८२ छ । गुयानाका स्पिनर इमरान ताहिरले ११ खेलमा १५ विकेट लिदै दोस्रो स्थानमा छन् । ताहिरले ४१ ओभरमा २ मेडन २ सय ३९ रन खर्चेका छन् । उत्कृष्ट प्रर्दशन ३–१२ छ ।

तेस्रो स्थानमा जुक्सका मध्यगतिका बलर केस्रिक विलियम्स छन् । विलियम्सले ११ खेलमा १३ विकेट लिएका छन् । सन्दीपसँगै अफगानिस्तानका मोहम्मद नाबी सेन्ट लुसिया जुक्सबाट ११ खेलमा १२ विकेटका साथ चौथो स्थानमा छन् । पाँचौ स्थानमा रायद इम्रित, नविन उल हक, फवाद अहमद र राशिद खान ११ विकेटका साथ पाँचौ स्थानमा छन् ।

सन्दीपलाई जमैकाले १ करोड भन्दा बढी नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो । सिपिएल भएका ब्रायन लारा स्टेडियम र क्विन्स पार्क ओभल दुबै मैदानको पिच स्पिनर उपयोगी थिए । सन्दीपले नियमित विकेट लिएर रनगतिमा अंकुश लगाउँदै जमैकालाई बलियो स्थानमा लगेका थिए ।

सिपिएलको फाइनलमा ट्रीनबेगो नाइट राइडर्स र सेन्ट लुसिया जुक्सबीच बिहिवार प्रतिस्पर्धा हुने छ । जुक्सले दोस्रो सेमिफाइनलमा गुयाना एमेजन वारियर्सलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको थियो । सन्दीप अव उतैबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न यूएई जाने छन् । सन्दीप दिल्ली क्यापिटल्स र राशिद सनराइजर्स हैदराबाद बाट आइपिएल खेल्ने छन् ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.