default_image

4 years ago

September 10, 2020

क्रिकेट खेलाडीको तलब वृद्धि

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको २०१९ को पारिश्रमिक (तलब) खेलाडीको खातामा पठाएको छ । क्यानको केन्द्रिय अनुबन्धमा रहेका २२ खेलाडीको २०१९ भरको पारिश्रमिक पठाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसीले) खेलाडीको हरेक ग्रेडमा पारिश्रमिक १० हजारका दरले बढाएर पठाएको छ । ग्रेड ए का खेलाडीले मासिक ४५ हजारका दरले पठाएको छ । ग्रेड बी का खेलाडीले ३५ र सी मा रहेका खेलाडीले २५ हजार मासिकका दरले पठाएको छ । यस अघि ए ग्रेड खेलाडीले ३५ हजार, बी ग्रेडकाले २५ हजार र सी ग्रेडका १५ हजार प्राप्त गर्दै आएका थिए ।

क्यानले २०१९ को ग्रेडका ए र बी मा ८–८ जना खेलाडीलाई राखेका छ । सी ग्रेडमा ६ जना खेलाडी छन् । २०१९ मा राम्रो प्रर्दशन गरेका विनोद भण्डारी ग्रेड ए मा छन् । २०१९ मा खासै अन्तर्राष्ट्रिय खेल नखेलेका स्पिनर वसन्त रेग्मीले ग्रेड बी को पारिश्रमिक पाउने छन् । तीव्र गतिका बलर अभिनाश बोहरा र आरिफ शेख ग्रेड बी मा छन् । अभिनाश बोहराले खातामा पैसा आइसकेको पुष्टि हाम्रो खेलकुदलाई गरेका छन् ।

२०१९ मा खेलाडीको ग्रेड :

ग्रेड ए : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी र दीपेन्द्र सिंह ऐरी ।

ग्रेड बि : रोहित कुमार पौडेल, अभिनाश बोहरा, सुशन भारी, मोहम्मद आरिफ शेख, ललित नारायण राजवंशी, सन्दीप जोरा, पवन सरार्फ र वसन्त रेग्मी ।

ग्रेड सी : कुशल भुर्तेल, राशिद खान, ईशान पान्डे, राजु रिजाल, प्रदीप ऐरी र कुशल मल्ल ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.