default_image

9 years ago

August 30, 2016

राखेपद्वारा खेलाडी बेपत्ता प्रकरणमा छानविन समिति गठन

120 views

0 Bookmark

जापानमा जुलाई १५ तारिखमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने क्रममा टोकियो विमानस्थलबाटै खेलाडी बेपत्ता भएको सम्बन्धमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार छानविन समिति गठन गरेको छ ।

rakhepa

खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुद प्रति नकारात्मक सन्देश प्रवाह हुनुका साथै पूर्व राष्ट्रिय खेलाडी, नेपाल क्रिकेट खेलाडी संघलगायतले छानविनको माग गरेकोले राखेपका सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।

समितिका सदस्यमा राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेत र कानून शाखाका प्रमुख नारायण अर्याल रहेका छन् । समितिलाई ७ बुादामा केन्द्रीत रहेर सत्यतथ्य पत्ता लगाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

समितिलाई सो कार्यमा कस्को संलग्नता रहेको छ, प्रतियोगतामा सहभागी हुन कुन निकायले खर्च व्यहोरेका हो, आईसीसीको आधिकारिक प्रतियोगिता हो कि होइन, क्रिकेट पदाधिकारी र कर्मचारीको संलग्नता छ कि छैन, राखेपको पूर्व स्वीकृति नलिइ किन प्रतियोगितामा भाग लिएको भन्ने विषयमा छानविन गर्न भनिएको छ । त्यस्तै आईसीसीको निर्देशन अनुसार क्रिकेट प्रमुख प्रशिक्षक जगत टमाटामार्फत खेलाडीलाई स्पष्टीकरण पनि सोध्न भनिएको प्रेस सल्लाहकार दाहालले जनाएका छन् ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.