default_image

5 years ago

September 4, 2020

वर्षाले खेल बिथोलेपछि सेन्ट किट्स बाहिरियो

95 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २५ औं खेलमा स्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज र सेन्ट किट्स एण्ड नेभियस प्याटियटसबीचको खेल वर्षाको कारण रद्द भएको छ ।

ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट किट्सले ५.४ ओभरमा विना विकेटको क्षतिमा ४६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । जमैका ओपनर क्रिस लिन १५ बलमा २ छक्का र १ चौका २३ रन र इभिन लुईस १९ बलमा २ चौका र १ छक्का सहित २१ रनमा खेलि रहेको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो ।

योसँगै सेन्ट किट्स एक खेल अगावै लिग चरण बाट बाहिरिने पहिलो टोली बनेको छ । सेन्ट किट्स ९ खेलमा ७ मा हार र १ मा जित सहित पुछारमा छ । सन्दीप सम्मिलित जमैकाले बाँकी दुई खेल मध्य एक खेलमा जित निकालेको खण्डमा सेमिफाइनलमा प्रवेश गर्ने छ । बार्बाडोस ट्राइडेन्स बाँकी दुई खेल मध्य एकमा पराजित हुँदा र यता जमैका दुबै खेलमा पराजित भए पनि सेमिफाइनलमा पुग्ने समिकरण बनेको छ ।

यस्तो छ अंक तालिका

अपराजित ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । गुयाना ९ खेलमा ५ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको छ । जुक्स ८ खेलमा ५ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ ।

जमैका ८ खेलमा ४ मा हार र ३ मा जित सहित ७ अंक जोड्दै चौथो स्थानमा छ । बार्बाडोस ८ खेलमा २ मा जित र ६ मा हार सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । ९ खेलमा ७ मा हार र १ मा जित सहित ३ अंक जोड्दै पुछारमा रहेको सेन्ट किट्सको सेमिफाइनल सम्भावना सकिएको छ ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.