default_image

5 years ago

September 3, 2020

सन्दीपलाई दोस्रो स्थानमा उक्लिने अवसर

90 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २५ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट किट्स एण्ड नेभिस प्याटियटसविरुद्ध खेल्दैछ ।

खेल नेपाली समय अनुसार आज साँझ ७: ४७ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । जमैकालाई सेमिफाइनल यात्रा बलियो बनाउन आजको खेल जित्नैपर्ने हुन्छ । यता सेन्ट किट्स आजको खेलमा पराजित भएमा लिग चरणबाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बन्ने छ । जमैका ७ खेलमा ३ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ । सेन्ट किट्स ८ खेलमा ७ मा हार र १ मा जित सहित पुछारमा छ ।

जमैकालाई कम्जोर ब्याटिङ चिन्ताको विषय बनेको छ । जमैकाले चार मध्य तीन खेल कम्जोर ब्याटिङको कारण हारेको छ । जमैका ओपनर ग्लेन फिलिप्स र अलराउन्डर आन्द्रे रसेल बाहेक अन्यको प्रर्दशन राम्रो छैन । बलिङमा स्पिनर सन्दीप र मुजिब उर रहमानको जोडिले उच्च प्रर्दशन गर्दै आएका छन् ।

सन्दीपले ७ खेलमा १० विकेट लिएका छन् । मुजिब ७ खेलमा १३ विकेट लिएका छन् । तीव्र गतिका बलर कार्लोस ब्रेथवेट, ओशाने थोमस र फिडेल एडवार्ड्सलाई स्पिनरलाई राम्रो साथ दिन आवश्यक छ ।

यता सेन्ट किट्सले सेमिफाइनलको झिनो अंक गणितीय आशा बाँकी राख्न जित्नै पर्ने हुन्छ । यस पटक ओपनर क्रिस लिन र इभिन लुइसले अपेक्षा अनुसार प्रर्दशन गर्न सकि रहेका छैनन् । बलिङमा ईश सोधी र सोहेल तनवीर रहेका छन् । कप्तान रायद इम्रिट र शेल्डन कटरेल बलिङ हतियार हुन् । जोशुवा डा शिल्भा र बेन डंकबाट राम्रो ब्याटिङको आशा सेन्ट किट्सले राखेको छ । सिपिएलमा यी दुई टोलीबीच कुल १२ खेल भएका छन् । जसमा जमैका ६ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । यसै सिजनको पहिलो खेलमा जमैका ३७ रनले विजयी भएको थियो ।

सन्दीपलाई दोस्रो स्थानमा उक्लिने अवसर

सन्दीपलाई सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा उक्लिने अवसर छ । सन्दीपले आजको खेलमा दुई भन्दा बढि विकेट लिए दोस्रो स्थानमा उक्लिने छन् । मुजिब ७ खेलमा १३ विकेटका साथ शीर्ष स्थानमा छन् । सेन्ट लुसिया जुक्सका तीव्र गतिका बलर स्कट कुग्गलेइन र गुयाना एमेजन वारियर्सका स्पिनर इमरान ताहिर १२ विकेटका साथ दोस्रो स्थानमा छन् ।

स्कटले ८ र इमरानले ९ खेल खेलेका छन् । जुक्सका मोहम्मद नाबी र वारियर्सका नविन उल हकले समान ८ खेलमा ११ विकेटका साथ तेस्रो स्थानमा छन् । सन्दीपसँगै रायद इम्रित, केस्रिक विलियम्स र राशिद खान १० विकेटका साथ चौथो स्थानमा छन् ।

यस्तो छ अंक तालिका

अपराजित ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ । गुयाना ९ खेलमा ५ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको छ । जुक्स ८ खेलमा ५ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । जुक्स पनि सेमिफाइनलमा पुगि सकेको छ ।

जमैका ७ खेलमा ४ मा हार र ३ मा जित सहित चौथो स्थानमा छ । बार्बाडोस ८ खेलमा २ मा जित र ६ मा हार सहित पाँचौ स्थानमा छ । सेन्ट किट्स ८ खेलमा ७ मा हार र १ मा जित सहित पुछारमा छ ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.